• सिमा सुवेदी का वारे मा डा अच्युत अधिकारी का सटिक विचार

    अमुल्य समय आवस्यकता भन्दा बढी खर्च गर्नु कति बुद्धिमानी मान्नु हुन्छ ?

    हेर्दा यो प्रस्न को जवाफ दिन अति सजिलो छ | तपाईंहरुलाई यो प्रस्न ज्यादै सरल लाग्न सक्छ तर मैले यस्लाई बिस्लेसण गर्न आवस्यक महसुस गरे | कुनैपनि लेखक को लेखमा आफ्नो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव देखिनु म नौलो मान्दिन | मेरो यो लेखमा पनि मेरो विचार, अनुभव, र पृष्टभुमि को प्रभाव प्रतिबिम्बित भएको हुन सक्दछ | कुनै समय म नेपालसरकारको लागि कृषि बिज्ञको रुपमा कार्यरत थिय र हाल म तथ्यांकशास्त्र प्राध्यापन संग सम्बन्धित छु| आज मैले केहि समय निकालेर सोसल मीडिया (फेसबुक) मा देखिएका विचारहरु मध्ये एउटा विचारलाई मन्थन गर्ने प्रयास गरेकोछु | प्रसङ्ग हो सिमा सुबेदीको विचार र सामजिक संजालको भित्तामा देखिएका फरक बिचारहरु |

    प्रस्न १: के कुनैपनि व्यक्तिले अर्को राष्ट्र वा सम्प्रदाय लाई होच्याउनेगरि आफ्नो विचार सामजिक संजालमा राख्नु बुद्दिमानी काम हो ?

    यस्तो प्रकारको कार्य घ्रिडीत कार्य हो र सभ्य ब्यक्ति तथा समाजमा यस्ता कुराहरुले ठाम पाउने कुरै रहदैन |

    प्रस्न २: खराब प्रकारको कुरा सामजिक संजालमा राख्दा त्यसको कस्तो प्रकारको प्रभाव समाज मा पर्न सकछ ?

    यस्ता प्रकारका कार्यले समाजमा धेरै प्रकारको नकारात्मक प्रभाव पर्न सक्दछ | जस्तै: सामजिक हिम्सा भड्किन सक्दछ |

    प्रस्न ३: सिमा सुबेदीको आभिबेक्ति प्रति कस्ता प्रकारका टिका टिप्पणीहरु सामाजिक संजाल मा देखिए ?

    मेरो हेराईमा विभिन्न प्रकारका विचार हरु लाई तिन वर्गमा बिभाजन गर्न सकिन्छ | पहिलो प्रकारको प्रस्तुतीमा खराब विचारलाई खराबै प्रकारले उत्तर दिईएको देखिन्छ | दोस्रो प्रकारको प्रस्तुतीमा खराब विचारलाई सिस्ट प्रकारले उत्तर दिईएको देखिन्छ | तेस्रो प्रकारको प्रस्तुतीमा खराब विचारलाई बहुआयमिक बिस्लेसणगरि उत्तर दिईएको देखिन्छ | कुन प्रकारको विचार राम्रो हो भनि भन्न म यहाँ उपयुक्त ठान्दिन | यो जिम्मा म सबै विद्वान मित्रहरुलाई नै सुम्पन्छु | प्रस्न ४: अब के गर्ने ?

    उत्तर सजिलो छैन | गर्ने काम धेरै छ | गफगर्न र अरुलाई दोस थोपर्न सजिलो छ | भबिस्यमा यस्ता सिमा सुबेदीहरु (विचार)अरु पनि उदाउन सक्दछन् | प्राप्त स्रोत साधन तथा प्रबिधि को भरपुर उपयोग गरि आत्म निर्भर भएर आन्तरराष्ट्रिय बजारमा आफ्ना सेवा तथा उतपादनहरु निकासा गर्न सकियमा सिमा सुबेदीहरुको यस्ता विचारमा बिर्को लगाउन असजिलो छैन | राष्ट्र बनाउने जिम्मा मेरो पनि हो भनि सबैले आजै बाट सोच्नु पर्दछ | राजनीतिज्ञ र कर्मचारी लाई मात्र दोस दिनु कदापी राम्रो होइन |

    प्रस्न ५: म जनसाधारण हो मैले के गर्न सकुला र?

    राम्रो कामको सुरुवात आफै बाट गर्ने हो | केहि न केहि सिप नभएको कोहि पनि हुदैन |

    जस्तै: (क). किसान दाजु भाई दिदिबहिनि हरु ब्यवसायिक तरकारी, फलफुल , दुध, अन्न , माछा, मह, इत्यादी उत्पादन लाई निरन्तरता दिनुहोस् |

    (ख). कर्मचारी मित्र हरु: सेवाग्राही बाट सम्मान पाउने गरि सेवा प्रदान गर्दै जानुहोस |

    (ग). राजनीतिज्ञहरु: सुशासन लाई पहिलो प्राथमिकता दिनुहोस |

    (घ). ब्यापारी हरु : स्वचछ प्रतिस्पर्धामा जानुहोस |

    (ङ). उद्योगीहरु : आयात प्रतिस्थापन गर्दै निर्यात मुलक उतपादन गर्नुहोस |

    (च). प्राध्यापकहरु : अध्यन, अनुसन्धान, प्रसिछ्यण लाई संगै लानुहोस |

    डा. अच्युत अधिकारी                                                                                                                                                                                                                             (हाल संयुक्त राज्य अमेरिका, भुतपूर्व बिद्यार्थी श्री प्रेमबस्ती माध्यमिक बिद्यालय, भरतपुर, चितवन )                                                                                        नोट: यो मेरो व्यक्तिगत विचार हो | म यहाँ हरु को अमुल्य सुझाबको सधै स्वागत गर्दछु |

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt