• किर्तिपुरका मेयरका उम्मेदवारको दुई ठाँउमा मतदाता नामावली

    काठमाडौं – एउटै ब्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता हुन सक्छ र ? यस्तो नहुनुपर्ने थियो तर निर्वाचन आयोगको कमजोरीले जनमोर्चाका अमर बहादुर पौडेलले फाइदा उठाएका छन् ।

    पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकामा गिलास चुनाव चिन्ह लिएर प्रमुख पदमा प्रतिस्पर्धा गरेका पौडेल दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् ।

    निर्वाचन आयोगको नियम अनुसार दुई ठाँउ मतदाता नामवली राख्न पाइँदैन ।

    स्रोतका अनुसार उनी प्युठानको ऐरावती गाँउपालिका वडा नं ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका छन् ।

    उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता लिएका उनको नागरिकता नम्बर १९०७ हो । उनको जन्ममिति २०२१ असार २१ हो ।

    उनकी श्रीमती सुशीला पौडेलको समेत दुई ठाँउको मतदाता नामावली नाम समावेश छ ।

    पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उनले ४९ भोट ल्याएर जनमोर्चाको जमानत जफत भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt