• भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

    परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए । मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए । ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।  मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले जनाएको छ । उनीहरुको मृत्युको खबरले गाउँबासी शोकमा डुबेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt