• कैलाली बम काण्डवारे बोल्यो विप्लवको पार्टी, आयो यस्तो विज्ञप्ती

    काठमाडौं – सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै शंकास्द बस्तु पन्छाउन खोज्दा बम विस्फोट भएर मृत्यु भएको जनाएको छ ।

    सेति–महाकाली व्यूरो इन्चार्जका ओमप्रकाश पुनले विज्ञप्ती जारेर गरेर भनेका छन्, ‘कैलालीको धनगढी उपमहानगरपालि वार्ड न १२ सि गाउँ निवासी चन्द्रबहादुर सिंह कमरेड सनराइज यही २०७४ असार १२ गते बेलुका १० बजे बेबारिसे बम पन्छाउन खोज्दा विस्फोट भै कैलालीको धनगढीमा शहादत भएको खवरले हामीलाई निकै मर्माहित बनाएको छ ।’

    विज्ञप्तीमा होटलको आगनमा शंकास्पद बस्तुदेखेपछि त्यसलाई उठाएर कैलाली नदीमा फाल्न जादा अचानक विस्फोट भएको दावी गरिएको छ । मिडिया रिपोर्टमा आफैले बोकेको बम विस्फोट हुँदा विप्लव पार्टीका एक कार्यकर्ताको मृत्यु भएको खवर बाहिर आएको छ ।

    आफै बोकेको बम विस्फोटमा कार्यकर्ता मारिएको भन्ने विषयलाई विज्ञप्तीमा खण्डन गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt