• गीतानगरमा बाताबरण मैत्री कार्यक्रम ।।

    चितवन समाचार दाता
    गीतानगरमा वातावरण मैत्री स्थानीय शासन,फोहर मैला व्यवस्थापन तथा प्लास्टिक न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम भरतपुर महानगरपालिका वडा-६ को वडा भवनमा सम्पन्न गरिएको हो। भरतपुरमहानगर वडा नम्बर ६ का बुद्धिजिवि,टोल विकास संस्थाका प्रतिनिधि, वडा अध्यक्ष र सदस्य सहित ६०जना भन्दा बढीको कार्यक्रममा सहभागीता रहेको थियो।
    कार्यक्रममा अनुगमन तथा मुल्यांकन अधिकृत सुशीला रेग्मीले मानिसको आनिवानी र व्यवहारको बारेमा प्रशिक्षण दिदै मानिसको हेलचक्राइले वातावरण पारेको प्रभावको बारेमा प्रष्ट पार्नु भएको थियो।यसै गरि नेपाली मैत्री समाज अध्यक्ष बिरेन्द्र पौडेल ले वातावरण मैत्री स्थानीय शासन र फोहर मैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।यसैगरी कार्यक्रममा वातावरण सम्बन्धि पत्रकार दिपक आचार्यले प्लास्टिक न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।कार्यक्रममा प्रोजेक्टरको सहयोगमा भिडियो सहित प्रशिक्षण गराइएको थियो। कार्यक्रममा भरतपुर महानगरपालिका वडा-६ का नव निर्वाचित वडा अध्यक्ष हरिबिलास कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।प्रमुख अतिथि कोइरालाले कार्यक्रममा बोल्दै आफू निर्वाचित हुनु भन्दा पहिलेनै आफ्नो घोषणा पत्रमा ग्रीन सिटी को नमुना प्रस्तुत गरिसकिएको हुदा त्यसै अनुसार आगामी दिनमा काम गर्ने र नगर वासिले सुन्दर वडा बनाउने यो परिकल्पना सहयोग गर्ने वताए।कार्यक्रमको अध्यक्षता त्यसै वडाका सचिव प्रकाश रेग्मीले गर्नु भएको थियो।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt