• एमालेले देशैभरी यसकारण जित्यो

    काठमाडौं–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ ।

    पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवाफ रातोपाटीले खोज्ने प्रयास गरेको छ ।

    नेकपा एमालेका उपाध्यक्ष भीम रावल एमालेले जित्नुको कारणलाई यसरी उल्लेख गर्छन्ः

    १ नेकपा एमाले राष्ट्रियताको पक्षमा,स्वाधीनताको पक्षमा र सामाजिक सदभावको पक्षमा उभिएको छ । उभिरहने छ ।  विकासको लागि देश भित्र भएका साधन स्रोतको उपयोग गरेर अब समृद्ध नेपाल एमालेले बनाउँछ भन्ने विश्वास जनतामा भएकाले ।

    २. हिमाल,पहाड र मधेश बीचको एकता जनताले चाहेका छन् ।  केहि राजनीतिक दलहरुले सामाजिक सदभावलाई खलबल्याउन खोज्दा एमाले त्यसको विरुद्ध दह्रो गरि उभिएकाले ।

    ३. समाजको विभाजन एमालेले रोकेको छ ।  यसकारण पनि जनताले एमालेलाई चाहेका हुन् ।

    ४. एमाले संविधानमा भएको व्यवस्था अनुसार स्वतन्त्र र स्वाधीन परराष्ट्र निति अबलम्बन गर्ने पार्टी हो । यसकारण पनि आम नेपालीले एमालेलाई विश्वास गरेका हुन् ।

    ५ एमालेले सरकारमा हुँदा तथा बाहिर हुँदा दुबै छिमेकिसंग गरेको सन्तुलित परराष्ट्र नितिका कारण पनि हो ।

    ६. नेकपा एमाले यो देशमा सबै भन्दा बढी मजबुत संगठन भएको पार्टी हो । एमाले हरेक वडा वडामा छ । यसले पार्टीका विचार नितिहरुलाई आम जनतामा पुर्याउँछ । जनतालाई एमालेका निति विचार मन परेर भोट दिएका हुन् ।

    सचिव प्रदिप ज्ञवाली  भन्छन्ः
    १. जनताले एमालेलाई देशको विकासको मार्गदर्शक देखेका छन्  । देशको विकास गर्न नयाँ भिजन भएको पार्टी एमाले हो भनेर जनताले हामीलाई विश्वास गरेको कारण एमाले यति ठूलो पार्टी भएको हो ।

    २. अहिले एमालेका लागि प्रतिकुल समय थियो । कयौ ठाँउमा त ७ वटा पार्टीहरु एमालेको विरुद्ध एक गठ भएका थिए । तर पनि एमाले जितेको छ । जनताले साथ दिँदा भएको हो ।

    ज्ञवालीको नजरमा एमालेले कयौ ठाँउमा हार्नुको कारण यस्ता छन्

    १ उम्मेदार प्रतिको असन्तुष्टिले पनि एमाले हारेको छ । कयौ ठाँउमा जसरी पार्टी जिताउन खट्नु पर्ने हो त्यसरी खटेको पाइएन ।

    २ कयौ ठाँउमा सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिष्पर्धा गर्न नपाउँदा पनि आफुहरु हार्नु परेको छ ।

    ३. रुकुममा हामीहरुले स्वतन्त्र रुपमा प्रचार प्रसार गर्न पाएनौ । घर दैलो गर्न पाएनौ यो सन्र्दमा त्यहाँ लोकतन्त्र आएको कसरी भन्न सकिन्छ ? हामीले हार्नुमा प्रचार प्रसार गर्न नपाउनुको कारण हो ।

    यसको मतलब माओवादीले जित्नु हुन्न भन्ने होइन । तर स्वस्थ प्रतिष्पर्धामा जसले जितेपनि हुन्छ । तर राज्य सत्ताको दुरुपयोग गरेर जित्नुलाई सहज रुपमा लिन सकिँदैन ।

    एमाले यो भन्दा राम्रो गर्न सक्थ्यो तर आन्त्रिक  कारणले पनि कमजोरी भए । एमालेले आफ्ना सबै कमिटिहरुलाई जित्नुका चार कारण र हार्नुको चार कारण लेखेर केन्द्रमा पठाउन पनि निर्देशन गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt