• तिल्तालीका बाढी पीडितको लागि कुवेतबाट राहत आयो

    असार २१

    गत बैशाखको अन्तिम साता शिखर नगरपालिका–८ तिल्तालीमा भएकाबाढीपीडितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ ।

    सुदूरपश्चिम सेवा समाज कुबेतले जम्मा ४२ जना बाट उठेको संकलित रकम रु १,२३,०००० (एक लाख तेईस हजार)को राहत सामाग्री उपलब्ध गराएको हो । सो समाजले उपलब्ध गराएको राहत सामाग्रीहरु मंगलबार नवनिर्वाचित वडाध्यक्ष सिद्ध बहादुर बलायरले पीडितहरुलाई हस्तान्तरण गरे ।समाजले कुबेतमा रोजगारीका सिलसिलामा रहेका नेपाली यूबाहरुको सहयोगमा रकम संकलन गरेरसो राहत सामाग्री उपलब्ध गराएको हो ।३६ पीडित परिवारलाई उपलब्ध गराईएको सो सामाग्रीमाकम्मल, बिद्यार्थीहरुका लागि विद्यालय झोला, कापी डटपेन लगायतका सामग्री उपलब्ध गराएको छ ।

    सो सामाग्री पाएपछि स्थानीय बाढीपीडितहरु हर्षित बनेका छन् । ‘बिदेशमा बसेर दुख गरेर कमाएकोपैसाले हामीलाई राहत दिनुभएकोमा खुशी छौ,’ स्थानीय जुनकिरी कामीले भनीन्,‘हाम्रो पीडाउहाँसम्म पुगेछ । उहाँहरु त हामीजस्ता पीडितका लागि भगवान हुनुहुदै रैछ ।’

    स्थानीय अर्का बाढीपीडित मदन टमटाले सुदूरपश्चिम सेवा समाजप्रति आभार प्रकट गरे । उनलेभने,‘बिदेशमा दुख गर्नेहरुले हाम्रा पीडा सम्झिए । तर, सरकारले हामीलाई केही पनि गरेको छैन् ।’

    सुदूरपश्चिम सेवा समाज कुबेत रोजगारीका लागि कुबेतमा रहेका सुदूरपश्चिमेली यूबाहरुको समुह हो ।यो समुहले विशेषगरी सुदूरपश्चिममा दैबी प्रकोप, महामारी लगायतका समस्याहरुबाट पीडितभएकाहरुलाई मानवताको धर्म निभाउदै राहत लगायतका सहयोग गर्ने उद्देश्य लिएको समाजकाअध्यक्ष अमर खड्काले बताए । त्यसैक्रममा समाजसंग आबद्ध र केही अन्य सहयोगीबाट सो रकमसंकलन गरेर तिल्तालीका बाढी पीडितहरुका लागि पठाएको उनले बताए ।

    समाजले यसअघि पनि समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको समाजका सचिव मानबहादुर बलायरले बताए । उनले भने,‘हामीले पटक–पटक सहयोग गर्र्दै आएका छौ । यसरी सहयोगगर्दा मानविय धर्म निर्वाह गर्न पाएकोमा मनमा सन्तुष्टी मिल्छ ।’बैशाखको अन्तिम साता एकाएक शुरुभएको बर्षापछि आएको बाढी गाउँमा पसेको थियो । सो बाढीले स्थानीय ३६ परिवारका घर, जमिन,पशुचौपाया, खेतीपाती लगायतका सम्पत्तीमा क्षती पु¥याएको थियो ।त्यस्तै बाढी गतबर्ष पनि पसेकोथियो । गतबर्ष जेठ २२ र २६ गते आएको बाढीले गाउँलाई त्रस्त पारेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt