• वर्षको एउटा किताब लेख्छुः मरहठ्ठा

    किरण मरहठ्ठा नेपाली पत्रकारितामा चर्चित नाम हो । प्रशारण पत्रकारितामा बेग्लै उचाइ बनाएका उनले विख्यात फुटबलर लियोनेल मेसिको बारेमा डकुमेन्ट्री निर्माण गरी अन्तर्राष्ट्रिय चर्चासमेत बटुलेका छन् । हालै उनले आफ्नो पुस्तक ‘द होप’ अमेरिकामा सार्वजनिक गरेका छन् । प्रस्तुत छ द होपबारे मरहठ्ठासँग गरिएको छोटो कुराकानी ।

     


    ‘द होप’ कस्तो किताब हो ?
    ‘द होप’ संघर्ष र सफलताको कथा हो । नेपालको अर्थ राजनीतिक, सांकृतिक, समाजिक र पत्रकारितामा संलग्न प्रख्यात व्यक्तित्वहरुको विचारहरु यो पुस्तकमा समेटिएका छन् । जीवा लामिछाने, उपेन्द्र महतोजस्ता समाजसेवीदेखि डा. युवराज खतिवडाजस्ता अर्थविदका विचार यसमा छन् । त्यस्तै डा. शशांक कोइराला, पोष्टबहादुर बोगटी, गोकर्ण विष्ट, उपेन्द्र यादवजस्ता नेपाली राजनीतिका खेलाडीहरु र रवीन्द्र मिश्र र किरण क्षेत्रीजस्ता पत्रकारहरुसँग वर्तमान पत्रकारितको विविध पाटाहरुमा विश्लेषण गरी लेखिएको पुस्तक हो । तसर्थ यो पुस्तक पत्रकारिताका विद्यार्थीको लागि फिचर लेखन र अन्तर्वाताशैली निर्माणमा बहुउपयोगी पनि छ ।

    अमेरिकामै विमोचन गर्नुको खास कारण के हो ?
    आफू विगत केही समयदेखि अमेरिका बस्दै आएकोले याहाँका सञ्चारकर्मी तथा समाजिक अगुवाहरुको आग्रहमा अमेरिकामा विमोचन गरिएको हो । अमेरिकी सञ्चारको विषयमा पनि यो पुस्तकमा लेखिएको छ । फेरि लेखकको नाताले विमोचन समारोहमा आफ्नो उपस्थिति पनि रहोस् भन्ने चाहना पनि हुँदोरहेछ । तर, नेपालको प्रकाशक हुनाले नेपालमा पनि यसै साता भव्यरुपमा विमोचन हुनेछ ।

    नेपालका पाठकले ‘द होप’ कसरी पढ्न पाउँछन् ?
    ३. नेपालमा पढ्नको लागि अब सजिलो छ । यसै साताबाट नयाँ संस्करण बजारमा ल्याइँदै छ । पहिलो संस्करण सबै बिक्री भयोे । यो नेपाली भाषामा लेखिएको पुस्तक हो । त्यसैले मेरो मुख्य बजार नेपाल नै हो । विभिन्न पुस्तक प्रदर्शनीहरुमा पनि निम्तो आएको छ । नेपालकै सफल प्रकाशक डिकुरा पब्लिकेशनले यसको बिक्रीवितरण गरिरहेको छ । अब छिट्टै अनलाइन वितरकहरुमार्फत पनि प्राप्त गर्न सकिने छ ।

    विदेशमा नेपाली किताबको बजार कस्तो छ ?
    विदेशमा नेपाली किताबको बजार अहिले धेरै फराकिलो भएको छ । एनआरएन अभियानमार्फत नेपाली गोलबद्ध हुँदै जानुले हामीलाई सजिलो भएको छ । अर्काे कुरा सामाजिक सञ्जाल र अनलाइनको कारण प्रचारप्रसार र वितरणलाई पनि सहज बनाइदिएको छ । साथै डायस्पोराको बारेमा लेखिएका कृति, जीवा लामिछाने, निलम कार्की ‘निहारिका’ जस्ता डायस्पोराका लेखकहरुको कारण पनि नेपाली किताबप्रति विदेशमा आकर्षण बढ्दो छ । तर, हामीले अब विदेशीले पनि पढ्ने गरी लेख्न सक्नुपर्छ ।

    अरु किताब पनि लेख्दै हुनुहुन्छ ?
    लेखन मेरो पेशा होइन । तर, पत्रकारिताको विद्यार्थीको नाताले पुस्तक प्रकाशनमा रुचि हुनु सामान्य नै हो । अहिले ‘मोमेन्ट्स विथ मेसी’ नामक पुस्तक लेखनमा व्यस्त छु, छिट्टै नै सार्वजनिक हुनेछ । यो मेरो ड्मि प्रोजेक्ट पनि हो । स्पेन र अमेरिकामा लियोनेल मेसीसँग मैले बिताएका क्षणहरु र बार्सिलोना क्लबको डकुमेन्ट्री निर्माण गर्दाको रोचक अनुभव यसमा समावेश हुनेछन् । यो किताब नेपाली, अंग्रेजी, स्पेनिस, र पोर्चुगिज गरी ४ भाषामा प्रकाशन हुनेछ । द होपबाट प्राप्त प्रतिक्रियाले पनि म उत्साहित छु । अब वर्षमा कम्तीमा एउटा किताब लेख्नेछु ।

    पत्रकारिता, अन्तर्राष्ट्रिय डकुमेन्ट्री मात्रै नभएर अब पुस्तक लेखन पनि ! यति धेरै विधामा जम्न कसरी सम्भव भयो ?
    यो सबै रुचि र लगनमा भरपर्ने कुराहरु रहेछ्न् । म आफूलाई जमेकै त मान्दिनँ, बरु आज पनि सिक्दैछु । हामी एउटा काम गरिरहँदा अर्काे काम पनि ‘ट्राई’ गर्न डराउनुहुन्न, सकिन्छ । पत्रकारिता मेरो जीवनकै लक्ष्य थियो । बाँकी सबै यसैले जम्माइदियो ।

    तपाइचाहिँ कस्तो किताब बढी पढ्नुहुन्छ ?
    म मुख्यगरी अन्तर्राष्ट्रिय अर्थ राजनीति, इतिहास, बायोग्राफी र साहित्यका किताबहरु धेरै पढ्ने गर्दछु । ड्रिम फ्रम माइ फादर, लियोनेल मेसी र स्टिल रिडिङ एसआरके, द काइट रनर मेरो फेवरेट बुकहरु हुन् ।

    अध्ययानमा रुचि बढाउने केही टिप्स दिनुहुन्छ कि ?
    त्यस्तो विशेष केही जादु नै त मलाई थाहा छैन । तर, बानी बसाल्नको लागि तपाईंको जीवनका जे कुराम बढी रुचि छ र तपाईं जे बन्न चाहनुहुन्छ, त्यसै विषयका किताब पढ्ने गर्नुहोस्, बानीचाहिँ बस्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt