• अन्तरघात गरेको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

     

    २१ असार, नेपालगन्ज । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ ।

    बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ ।

    कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए ।

    बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो ।

    दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt