धरानको मतगणना कार्यमा एकपछि अर्को विवाद

असार २२, २०७४- धरान उपमहानगरपालिकाको बिहीबार साँझ धरान ११, १२, १३ र १४  वडाको मत गणना भईरहेको बेला अर्को विवाद उत्पन्न भएको छ । वडा ९ र १० को रिटोटलिङ गर्दा मत तलमाथि भएको पत्ता लागेपछि नया विवाद उत्पन्न भएको छ ।

विवाद उत्पन्न भएपनि ११, १२, १३ र १४ वडाको मतगणना जारी छ । तर विवाद भएका वडा ९ र १० मा राप्रपाको मत अर्को दलमा जोडिएको देखिएपछि राप्रपाले पुन: मत गणनाको माग गरेको मेयर उम्मेदवार तारा शाक्यले बताइन् । कांग्रेस र माओवादी केन्द्रको माग पनि राप्रपाले जस्तै पुन: मतगणना रहेको छ ।

मतगणना वडा ९ र १० को गत सोमबार नै निर्वाचन आयोगले घोषणा गर्न लागेको बेला विवाद भएपछि विवादले रोकिएको थियो । निर्वाचन आयोगले वडा ९ र १० को मतगणना सकिएपनि प्राबिधिक समस्या देखिएको भन्दै नतिजा घोषणा गर्न सकेको छैन ।

धरानको मतगणना कार्यमा एकपछि अर्को विवाद उत्पन्न भएपछि मतगणना सम्पन्न गर्न अझै एक हप्ता लाग्ने छाटकाट देखिएको छ । पछिल्लो मत परिणाम अनुसार  धरानको १ ,२ र ५ नम्बर वडा नेपाली काङग्रेसले जितेको छ । वडा नम्मर ३,४,६,७ र ८ नम्बर वडा एमालेले जितेको छ ।

धरान उपमहानगरपालिकाको २० वडामा ५३ हजार ८ सय १२ मत खसेको थियो । निर्वाचन कार्यलयका अनुसार धरानमा करिब १८ हजार मत गणना भईसकेको छ । अव करिब ३३ हजार मत गणना गर्न बााकी रहेको छ ।

यो समाचार तयार पार्दा सम्म प्राप्त मगपरिणामअनुसार धरान उपमहानगरपालिकामा एमाले अगाडि रहेको छ । पछिल्लो परिणाम अनुसार एमालेका मेयर का उम्मेदवारले ७ हजार २ सय १७ मत प्राप्त गरेका छन् । उपमेयरकी उम्मेदवारले ८ हजार ५ मत पाएकी छन् । नेपाली काङ्ग्रेसका मेयरका उमेद्धारले ५ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने उपमेयरकी उम्मेदवारले ५ हजार ८ सय ४१ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका मेयरका उमेद्धारले ३ हजार ४ सय ९८ मत प्राप्त गरेका छन् भने उपमेयरका उम्मेदवार संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले १३ सय ३१मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका निर्बाचन अधिकृत कमलबहादुर थापाले मत गणना कार्यलाई थप व्यवस्थित बनाउने र गणना कार्यलाई छिटो सिध्याउन प्रयास जारी रहेको बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार