• झापाको मेचीनगरमा कांग्रेसका विमल बने मेयर


    २३ असार, झापा । कांग्रेस नेता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकामा कांग्रेस उम्मेदवार विमल आचार्य मेयरमा निर्वाचित भएका छन् ।

    शुक्रबार राति सम्पन्न मतगणनाबाट २० हजार ७ सय ७६ मत ल्याउँदै उनी मेयरमा निर्वाचित भएका हुन् ।

    आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याए । प्रसाईंलाई पछ्याएका माओवादीका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याए ।

    नगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मिना पोखरेल उप्रेती विजयी भएकी छिन् । उनले १९ हजार ९ सय ९४ मत ल्याइन् ।

    उनकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत ल्याइन् । माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत ल्याइन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt