• १ सय ४८ स्थानीय तहमा एमालेको ‘अप्रत्याशित’ जीत (सूचिसहित)

    काठमाडौं– दोस्रो चरणमा सम्पन्न स्थानीय तहको नतिजा अन्तिम चरणमा आइपुगेको छ । एक महानगर, एक उपमहानगर र दुई नगरपालिकाको नतिजा  आउन बाँकी छँदा नेकपा एमालेले चार उपमहानगरपालिका र ५१ नगरपालिकासहित १ सय ४८ स्थानीय तहमा जित हासिल गरेको छ ।

    पहिलो चरणमा भएको २ सय ८३ स्थानीय तहको निर्वाचनमा एमालेले एक सय २५ स्थानीय तहमा जितेको थियो । दोस्रो चरणमा भएका मधेसका जिल्लाहरुसहितको प्रदेश ५, प्रदेश १ र प्रदेश नम्बर ७ को निर्वाचनमा एमालेले पहिलो चरणको जस्तो नतिजा नल्याउने कांग्रेस र माओवादी केन्द्रको आंकलन थियो ।

    मधेसविरोधी भन्ने आरोप लागेकै कारण एमालेको कम मत आउँने आंकलन विपरित एमालेले अप्रत्याशित जित निकालेको छ । बाँकी मतगणना भइरहेको एक उपमहानगर र दुई नगरपालिकामा पनि एमालेकै अग्रता छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt