• अमेरिकामा रहेका तिन लाख नेपाली नै मेरो प्यानलमा छन् – राम सी पोखरेल

    टेक्सस(अमेरिका)- टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम सी पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दिनुभएको छ । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताएका छन् ।
    एनआरएन साझा संस्था भएकोले आफू प्यानल वा गुट भन्दा पनि सबैको साझा अध्यक्ष भएर एनआरएन सञ्चालन गर्ने उद्धेश्यका साथ अध्यक्षको उम्मेदवार भएको पोखरेलले बताएका छन् । वर्तमान बोर्डमा रहँदा पनि आफू सदैव न्याय र एनआरएन संस्थाको हितमा लागेको बताउँदै पोखरेलले आफू एनआरएन सुधारको मुख्य योजना बोकेकाले सबैको साथ र समर्थन पाउने पोखरेलको दाबी छ ।
    पोखरेलले निम्न एजेण्डा समेत अगाडि सार्नुभएको छ: 
    – आज हाम्रो दायित्व अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई हाम्रो भाषा, संस्कृति सिकाउनु
    – एनआरएन अमेरिकालाई स्थानीय संघसंस्थाहरुसँग सहकार्य गर्नेगरि अघि बढाइनेछ, यो संस्थाले कार्यक्रम गर्दा स्थानीय संघसंस्था मिलेमा स्थानीय अमेरिकी सरकारका निकायहरुसँग पनि सहकार्य गर्दै अघि बढाइनेछ ।
    – एनआरएन अमेरिकाका स्टेट च्याप्टरहलाई विशेष अधिकार र सहयोग केन्द्रले गर्ने योजना मैले बनाएको छु । एनआरएनको सदस्य भएपछि मैले के पाउँछु भन्ने अहिले धेरैको चासो छ । त्यसलाई समाधान गर्न एनआरएन अमेरिकाले हरेक सदस्यलाई परिचयपत्र सहित सहुलियतपूर्ण योजनाहरू अघि सार्ने योजनामा अघि बढ्न जरुरी छ ।
    – नवआगन्तुक आप्रवासीहरुको सजिलो र सुविधाका लागि New comer’s Guide  छाप्ने र वेबसाइटमा समेत राखेर सजिलो बनाउने व्यवस्था गर्नुपर्ने जरुरी छ । कसरी ड्राइभिङ लाइसेन्स लिने, सोसल सेक्युरिटी अफिससम्म कसरी पुग्ने भन्ने बारेमा जानकारी दिँदै हरेक स्थानमा आवश्यक पर्दा सहयोग गर्नेगरि ‘फोकल पर्सन’ को व्यवस्था गर्नु जरुरी भैसकेको ।
    – विगतमा भएका कमी कमजोरीहरुको समीक्षा गर्दै अमेरिकामा रहेका नेपालीहरूलाई आवश्यक पर्दा सहयोग गर्नेगरि ‘आपत्कालीन कोष’ को व्यवस्था गर्ने योजना गरेको छु ।
    – एनआरएन अमेरिका मार्फत मातृभूमिमा हुने गरेको परोपकारी तथा कल्याणकारी कार्यहरुलाई संस्थागत रूपले अघि बढाउनुपर्ने जरुरी छ । कामहरू धेरै भएका छन्, तर आधिकारिक रूपमा कहीँ र कतैपनि नदेखिने, दोहोरिने प्रवृत्ति ज्यादा छ ।
    – एनआरएन अमेरिकाले अहिलेपनि एनआरएनको अन्तर्राष्ट्रिय समितिमा हस्तक्षेपकारी अर्थात् प्रभावकारी भूमिका पाउन सकेको छैन । संसारकै विकसित, सबल देशमा बस्ने हामी नेपालीको एनआरएन अन्तर्राष्ट्रिय समितिमा उपस्थिति भने सबैभन्दा कमजोर देखिएको छ । यसलाई समीक्षा गर्दै उपस्थिति बलियो बनाउन जरुरी छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt