दरबारमार्गमा मानवरहित बैंकिङ शाखा, जहाँ कर्मचारी छैनन् मेसिनले खोलिदिन्छ खाता र दिन्छ एटीएम

काठमाडौँ। नेपालमै पहिलो पटक नेपाल एसबिआई बैंकले अत्याधुनिक डिजिटल बैंकिंङ सेवा सहितको “नेपाल एसबीआई इनटच काउन्टर” सुरु गरेको छ ।

दरबारमार्गमा संचालनमा आएको यो काउन्टरबाट नेपाली बैंकिङ क्षेत्रमा नयाँ अध्याय सुरु भएको बैंकको दाबी छ।काउन्टरमा बैंकका कर्मचारी हुँदैनन् खाता खोल्नेदेखि एटीएम कार्डसम्म मेसिनले दिन्छ।काउन्टरमा सुरक्षा गार्ड र केही सहयोगी मात्रै छन् जसले मेसिनको सेवा बारे जानकारी दिन्छन्।
काउन्टरबाट कागजरहित सेवा ग्राहकले पाउने छन्।बैंकका अनुसार ग्राहकले आफ्नो खाता मेसिनमार्फत आफै खोल्न सक्ने छन्। मेसिनलेनै ग्राहकको फोटो खिच्छ र कागजात फोटोकपी समेत गर्छ।खाता खोलेपछि आफ्नो डेबिट कार्ड एकैछिनमा त्यही पाइनेछ। ग्राहकले कम्तिमा आधा घण्टामा खाता खोल्ने देखि लिएर आफ्नो डेबिट कार्ड पाउँछन्।खाता खोल्ने र डेबिट कार्ड मात्रै होइन मेसिन मार्फतनै नगद जम्मा गर्न सकिन्छ। त्यही मेसिनमा चेक जम्मा गर्न सक्छन्। काउन्टरबाट सुविधा, इन्टरनेट बैंकिंग र बैंकसँग सम्बन्धित नीति, नियम, निर्देशिका पाइन्छ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार