• चितवनमा खुल्यो अल मार्सलआर्ट एकेडेमी, सबै खेल एकै ठाँउमा खेल्न सकिने

    चितवन,असार २५-

    चितवनको पहिलोपटक भरतपुर–२ क्षेत्रपुरमा अल मार्सल आर्ट एकेडेमी संचालनमा आएको छ । गुरु पुर्णिमाको अवसर पारेर कराँतेका अग्रज खेलाडी सुधिर श्रेष्ठले एकेडेमीको उद्घाटन गर्नुभयो । खेलप्रेमीहरुका लागी लक्षित गरेर एकेडेमी संचालनमा ल्याइएको हो । एकेडेमीमा कराँते, ताइकान्दो, बक्सिङ, उसु, किक वक्सिङ लगाएतका खेल एउटै हलमा खेल्न र सिक्न सकिने छ ।

    एकेडेमीमा खेलाडीले चाहेको खेल एकै ठाँउमा खेल्न पाउने जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । उहाँले चितवनमा खेलकुद क्षेत्रको विकासका लागी एकेडेमीले महत्तोपुर्ण भुमिका खेल्ने वताउनुभयो । उद्घाटन कार्यक्रममा कराँतेका पुराना खेलाडीहरु राजन कार्की, तिर्थ श्रेष्ठ,अमर श्रेष्ठ,रविन्द्र श्रेष्ठ,जंगवहादुर सिंह लगाएतको उपस्थिति रहेको थियो

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt