• एनआरएन कोलोराडो च्याप्टरमा निर्विरोध निर्वाचित भए ढुंगना

    कोलोराडो(अमेरिका)- एनआरएन अमेरिका कोलोराडो च्याप्टरमा पदाधिकारीहरू निर्विरोध चयन हुने भएका छन् । कोलोराडो च्याप्टर अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा एक जनाको मात्र उम्मेदवारी परेको बताइएको छ ।

    च्याप्टर अध्यक्ष पदमा राज (लिलानाथ) ढुंगानाको मात्र उम्मेदवारी परेको छ । उनी यस अघि च्याप्टरमा उपाध्यक्ष थिए । वर्तमान च्याप्टर अध्यक्ष वासुदेव खनालले भने एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् ।
    उपाध्यक्षमा कुमारजंग कार्की, सचिवमा राम सी पन्त र कोषाध्यक्षमा शंकर गुरुगंको मात्र उम्मेदवारी परेको जानकारीमा आएको छ । सदस्यमा मछेन्द्र श्रेष्ठ, पद्मराज तामागं लगायतले उम्मेदवारी दिएको जानकारी एनआरएन कोलोराडो च्याप्टरका पदाधिकारीले दिएका छन् ।
    एनआरएन अमेरिकामा आउने कार्यकालका लागिउम्मेदवारी दिने समय शनिवार सकिएको हो । उम्मेदवारी दिने औपचारिक रूपमा निर्वाचित भने भएका छैनन् । एनआरएन अमेरिका निर्वाचन समितिले तोकेको योग्यता पुग्नेको मात्र उम्मेदवारी कायम हुन्छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली निकाल्न बाँकी छ ।
    कोलोराडोवाट एनआरएन अमेरिकाबाट ३ सय ८० जना सदस्य छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt