• नेपाली समाज टेक्सासले समर क्याम्प गर्ने गुरु चिन्तामणि योगीद्वारा शिक्षा दिइने

    डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले जानकारी गराउनु भएको छ।

    प्रवासी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा बालबालिकाहरु हाम्रो सामाजिक दायराबाट फुत्किने र त्यसले परिवार र समाजले पश्चात्ताप गर्नु पर्ने अवस्था आउन सक्छ। तर बेलैमा हाम्रा र राम्रा कुरा सुन्ने, हाम्रा राम्रा मानिसहरुको संगत गर्यो भने त्यो भयबाट पक्कै मुक्त हुन सकिन्छ। नेपाली समाज टेक्सासले गरेका धेरै राम्रा कामहरुमध्ये यो अत्यन्त उदाहरणिय काम हो।

    यो कार्यक्रम निम्न माध्यमिक कक्षासम्म पढ्ने बिद्यार्थीहरुको लागि आयोजना गरिएको हो। यो अबसरमा बालबालिकाहरुलाई नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रो धर्म र सांस्कृतिक शिक्षा प्रदान गरिनुका साथै शारीरिक व्यायामको लागि फुटबल र मनोरन्जनको लागि नाचगानको व्यवस्था पनि छ। त्यस्तै मौका परेको बेला आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउन बक्तृत्वकला सिकाइनेछ। यी सम्पूर्ण कुराको एउटा गतिलो प्याकेज तपाईं हाम्रा बालबालिकालाई प्रदान गरिनेछ। यसको लागि शुल्क भने $१०० मात्र छ। त्यस्तै पढाईको अबधिभर खानपिन र अन्य पढाईका सामग्री समेत नेपाली समाजले नै व्यवस्था गर्नेछ। यो क्याम्प बिहान ९ देखि ४ बजेसम्म जारी रहनेछ भने बिहानै छोड्न चाहने अभिभावकहरुले पनि त्यो सुबिधा उपलब्ध छ किन भने हाम्रा स्वयंसेवकहरु बिहान ७ बजे देखिनै मन्दिरमा सेवाको लागि उपस्थित भैसक्नु हुनेछ।

     

    आध्यात्मिक, सांस्कृतिक, नैतिक र धार्मिक सामाग्रीहरुको अध्यापन र प्रबचन गुरु चिन्तामणि योगीले गर्नुहुनेछ भने खेलकुद, नाचगान जस्ता शारीरिक र मनोरन्जक कार्यक्रमहरुको नेतृत्व भने यहि समर क्याम्पमा शिक्षा लिएर अहिले टेक्सासको नेपाली समाजमा गर्बले नाम लिन सकिने आइषा ओझा र कृतिमा लामिछानेले समन्वय गर्नेछन्। त्यसबाहेक आबस्यकता अनुसार अन्य सान्दर्भिक व्यक्तित्वहरुले समेत बिद्यार्थीहरुलाई उत्प्रेरणा दिनुहुनेछ। हाम्रा बालबालिकाहरुको लागि केहि सिकाउन पठाउने हो भने यो भन्दा अर्को राम्रो ठाउँ हामीसंग यहाँ उपलब्ध छैन। श्रब्यदृश्य सामाग्रीहरु र पुस्तकहरु सिकेका माध्यम रहनेछन।

    बालबालिकाहरुको लागि मात्र होइन किशोरहरुको लागि पनि समर क्याम्पमा राम्रै व्यवस्था छ। बच्चाहरुको कार्यक्रमहरु सकिए पछि ४ देखि ६ बजेसम्म किशोरहरुको लागि निशुल्क शिविर संचालन गरिनेछ। हाइ स्कुल र कलेजका बिद्यार्थीहरुलाई उनीहरुले व्यहोर्नु परिरहेका समस्याहरु र त्यसबाट शकुशल मुक्त भएर आफ्नो र परिवारको उज्ज्वल भविस्य निर्माण गर्न कसरी सकिन्छ भन्ने अध्यात्मिक, नैतिक र धार्मिक बल प्रबचन, प्रश्नोत्तर र अन्य बिबिध तरिकाले प्रदान गरिनेछ। ७ देखि ९ बजेसम्म अभिभावकहरुको आगि छुट्टाइएको छ।

    त्यसैले आफ्ना बालबालिकाहरुको आध्यात्मिक र नैतिक बिकासको लागि यो क्याम्पमा आफ्ना बालबालिकाहरुलाइ भर्ना गर्न नेपाली समाज टेक्सासले अनुरोध गरेको छ। सिट सिमित रहेकोले इच्छुक अभिभावकहरुले नेपाली समाज टेक्सासका जुनसुकै पदाधिकारीहरु वा सिधै मन्दिरमा गएर जानकारी लिन वा भर्ना गर्न सक्नुहुनेछ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt