भरतपुर प्रकरणमा सर्वोच्च अदालतले गर्यो यस्तो निर्णय

काठमाडौं, २६ असार । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने बारेको सुनुवाई मिति फेरि सरेको छ ।

सोमबारका लागि सर्वोच्च अदालतमा न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाई साउन २ गतेका लागि सारिएको सर्वोच्चले जनाएको छ । यसअघि पटकपटक पेशी तोकिए पनि सर्वोच्चले फैसला गर्न नसक्दा भरतपुरमा अन्यौल बढेको छ ।

भरतपुरमा विजयी २७ वटा वडाका प्रतिनिधिले सपथ ग्रहण गर्न पाएका छैनन् भने मतदान हुने कि गणनालाई निरन्तरता दिने भन्ने टुंगो नलाग्दा भरतपुर बासिन्दा दिक्क भएका छन् । वैशाख ३१ गते भएको मतदानको गणना भइरहेका बेला प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै रिट दायर भएपछि सर्वोच्चले पटकपटक पेशी तोक्ने गरेपनि मुद्दाको फैसला भने गरेको छैन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार