• बङ्लादेश सँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको शान्दार जित

    २७ असार, काठमाडौं । नेपाली अण्डर- २३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको युवा टोलीलार्इ पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुपरस्टर स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपाली युवा टोली एक शून्य गोलले विजयी भयो ।

    खेल सुरू भएको २०अाैं मिनेटमा मिडफिल्डर अञ्जन विष्टको क्रसलार्इ सदुपयोग गरी कप्तान तथा स्ट्राइकर विमलले उत्कृष्ठ गोल गरे ।

    एएफसी अण्डर- २३ च्याम्पियनसिप छनाैटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।

    पहिलो हाफमा गोल गरेपनि नेपालको खेल स्तरीय भने थिएन । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक राजुकाजी शाक्यले ४-५-१ को फर्म्याटमा पहिलोपटक खेलाइएकाले खेलाडीहरू अा-अाफ्नो पोजिसनमा अभ्यस्त हुन नसकेको स्वीकार गरे ।

    गोल गरेपछिको ल्याण्डिङमा तालमेल नमिल्दा स्ट्राइकर घर्तीमगर चोटग्रस्त हुँदै मैदान बाहिरिए । काँधको चोट सामान्य रहेपनि प्रशिक्षक शाक्यले ‘रिक्स’ लिन चाहेनन् ।

    बिमल बाहिरिएपछि खेलमा बंगलादेशी टिम केही हावी भएको थियो । तर पहिलो हाफमा बंगाली स्ट्राइकरहरूले कुनै शशक्त अाक्रमण भने गर्न सकेनन् ।

    दोस्रो हाफमा नेपालले गोलका केही राम्रा अवसर सृजना गरेपनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा सन्तुलित खेल खेलेको नेपालको प्रदर्शनबाट प्रशिक्षक शाक्य खुसी छन् । ‘युवा खेलाडीहरूको खेल राम्रो थियो, मूख्य कुरा हामीले प्रतियोगिता अघि टिमको परीक्षण गरेँ ।’ खेलपछिको पत्रकार सम्मेलनमा शाक्यले भने ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt