• ‘१६ करोडको गाडी किन्ने’ प्रकरणमा देउवाले संसदमा दिए यस्तो जवाफ

    काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको स्पष्ट पारेका छन् ।
    व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले बाहिर आएजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव नआएको बताएका हुन् ।

    तर उनले महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्ने तर्क गरे ।

    बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेका थिए ।

    प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारे ।

    अर्को प्रसंगमा देउवाले  साउनको पहिलो हप्ता बाट नै बजेट खर्च गर्न सक्ने गरि व्यवस्था मिलाईएको बताए ।

    देउवाले साउन महिनाको पहिलो साताबाट नै खर्च गर्न सक्ने गरी व्यवस्था मिलाईएकाले आगामी आर्थिक बर्षमा विकास खर्च नभएर फ्रिज हुने अवस्थाको अन्त्य हुने बताए ।
    उनले  स्थानीय तहमा अर्थमन्त्रालयबाट सोझै बजेट जाने व्यवस्था भएकाले उनीहरुले पनि पहिलो साता देखि नै बजेट खर्च गर्न सक्ने उल्लेख गरे ।

    देउवाले निर्वाचन आचार संहिता लागु भएको विशिष्ट अवस्थामा बजेट ल्याउनुपर्दा पनि सरकारले स्थानीय तहमा बढी बजेट पठाउने, प्रशासनिक पुर्नसंरचना गर्ने, बाह्य लगानीलाई आकर्षित गर्ने तथा आर्थिक वृद्धिदरलाई सम्बोधन गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेको बताए ।

    सांसदहरुले राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका लागि  विनियोजित बजेट कटौतिको माग राखेका थिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुँजीगत खर्च वृद्धि गर्न नसकेको , निजामति कर्मचारीलाई जनवर्गिय संगठन जसरी परिचालन गरेको, एन सेलको लाभ कर असुरी गर्न नसकेको तथा राष्ट्रिय योजना आयोगले पुर्ननिर्माणको कामलाई प्राथमिकतामा नराखेको, मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना ल्याउन नसकेको भन्दै ति कार्यालयका लागि विनियोजित बजेट कटौतिको माग गरेका हुन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt