• रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा तोडफोड

    रत्ननगर,असार २७-

    विधान संशोधनको विषयलाई लिएर रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभामा सोमबार तोडफोड भएको छ ।

    विधान संशोधनको विपक्षमा रहेका केही व्यवसायीहरुले साधारण सभाको हलमा तोडफोड गरेका हुन् । विधान मस्यौदा समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले संशोधन प्रस्ताव प्रस्तुत गरेर पारित भएको घोषणा गरे लगतै असन्तुष्ट व्यवसायीहरु तोडफोडमा उत्रिएका थिए । असन्तुष्ट व्यवसायीहरुले कार्यक्रमको मञ्च तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरुले मञ्च भत्काउनुका साथै टेबल, कुर्चीसमेत तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

    व्यवसायीले १८ औं साधारण सभा तथा अधिवेशन लेखेको संघको मूल व्यानरसमेत च्यातेका थिए । ती प्रमुख दल निकट व्यवसायीहरुले एक हप्ता अघि अर्को अधिवेशनबाट वरिष्ट उपाध्यक्ष स्वतः अध्यक्ष हुने र अहिलेकै अधिवेशनबाट एशोसियट उपाध्यक्ष थप गर्ने गरी विधान संशोधन गर्ने सहमति गरेका थिए । ती प्रमुख दल निकटका व्यवसायी बीच वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष राजाराम रेग्मीलाई सहमतिका आधारमा अध्यक्ष बनाउने सहमति भएको थियो । त्यसको केही व्यवसायीहरुले विरोध गर्दै निर्वाचनका आधारमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका छन् ।

    असन्तुष्ट व्यवसायीहरुले एशोसियट उपाध्यक्ष यही अधिवेशनबाट चुन्ने र वरिष्ठ उपाध्यक्ष अर्को अधिवेशनबाट स्वतः अध्यक्ष हुने गरी ल्याइएको विधान संशोधन प्रस्ताव नियम संगत नभएको दाबी गरेका छन् । उनीहरुले सबै पद निर्वाचनमार्फत चयन हुनुपर्ने मागसमेत गरेका छन् । असन्तुष्ट व्यवसायीको तोडफोडपछि विधान संशोधन स्थगित भएको छ । तर, बन्दसत्रमा आर्थिक तथा प्रगति प्रतिवेदन भने पारित भएको छ । विधान संशोधन र निर्वाचन प्रक्रियाका बारेमा सहमति खोज्न साधारण सभाले व्यवसायीहरुको ९ सदस्यीय समिति बनाएको छ । सो समिति र संघको कार्यसमिति बीच सहमति गरेर विधान संशोधन र निर्वाचनको विषयमा टुङ्गो लगाउने जनाइएको छ

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt