• पहिलो आफ्नो घर वा सस्था एनआरएन हो भन्ने भावनाको बिकसित गराउ ईन्द्रीरा त्रिपाठी

    आफ्नो नेतृत्व हरेक अमेरिकन नेपालीहरुको पहिलो आफ्नो घर वा सस्था एनआरएन हो भन्ने भावनाको बिकसित गराउ आव्हान गर्दै महिला संयोजक मा उम्मेद्वार दिनु भएको इन्दिरा त्रिपाठी ले अपिल गर्नु भएको विज्ञप्ति :::
    नमस्कार !!!
    सम्पूर्ण अमेरिकामा रहनु भएका NRNNCCUSA का प्रत्याशी अदक्ष्यहरु केशब पौडेल, गौरी जोशि , रबिना थापा , कृष्ण पोख्रेल र राम पोख्रेल ज्यू लगाएत सम्पूर्ण सदस्यहरुलाई, आदरणीय अग्रजहरू, एनआरएन अभियंताहरू, पत्रकार मित्रहरू, कलाकार मित्रहरू, समाजका समाजसेवीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरू लगायत पूर्व मेचि देखी पस्सिम महाकालीकाबाट अमेरिकाको बिभिन्न राज्यमा पाल्नु भयको आमा बुवा दाज़ु भाई दीदी बैनिहरूलाई मेरो न्यानो अभिवादन राख्न चाहन्छु |
    NRN को “एक पटकको नेपाली सधैको नेपाली” भन्ने मूल नाराको मर्म अनुसार उच्च भावनाबाट अभिप्रेरितभई सामाजिक, आर्थिक र बौद्धिक स्तरको प्रसस्त कार्य गर्दै आफुलाई एनआरएन एनसिसि अफ युएसए (NRN-NCC of USA) लाई एक थप उर्जा दिइ चुनौतिपूर्ण काम गर्ने लक्ष्य बोकी नयाँ कार्यसमितिलाई सहयोग र साथ दिन महिला संयोजक (Women Coordinator) पदमा मेरो Nomination प्रस्तुत गरेको छु ।
    प्राप्त अनुभब मेरा परिवार, समाज , सङ्ग सस्था, आफन्त, चिनजान, आदरणीय बेक्तित्वहरुबाट प्रेरणा पाएरनै सो पदमा कार्य गर्न सक्ने अठोट लिएको छु | यही प्रेरणालाई सफलीभूत रुपमा प्रयोग गरि देखाउनको निमित्त यस सस्था मार्फत सुबर्ण अवसर प्राप्त हुने अभिलाषाका साथ नेपालीहरुको सामु आफूलाई उम्मेदार उभ्याउदै छु | यहाँहरूको सल्लाह, सुझाब, सहयोग सद्भभाव आबस्यकता महशुश पनि गरेको छु | यो उम्मेद्धवारी दर्ता गर्दै मैले निम्न प्रतिबध्ताहरु प्रस्तुत गरेकी छु

    * अबको एनआरएन युवाहरुको प्रेरणाको श्रोत बनाउन महिला सम्बन्धि मिडियाबाट जुनसुकै कार्यक्रमहरु प्रस्तुत गर्ने र गराउछु |
    * सामुदायक भवन आजको प्रावासी नेपालीहरुको आबश्यकता ठानी नेपाली भाषा, साक्षरता ,साहित्य, सस्कृतिको बिशेष जोड दिई एस सम्बन्धि कक्षा सञ्चालन गर्नेछु |
    * आफ्नो नेतृत्व हरेक अमेरिकन नेपालीहरुको पहिलो आफ्नो घर वा सस्था एनआरएन हो भन्ने भावनाको बिकसित गराउने छु | NRNA को आर्थिक स्थिति मजबुत बनाउन महिला दिदी बहिनीहरुलाई बिभिन्न तवरले पहल गर्नेछु र सांस्कृतिक कार्यक्रम,Street Festival,दात्री संगठनहरु संगको सहकार्य गरी NRN मा भएको आकष्मिक कोषलाई रचनात्मक ढंगले बिस्तार गर्नेछु |
    * नेपालीहरुको आर्थिक समृद्धिका लागि हुनसक्ने कार्यका लागि एनआरएनले दूतावाससँग मिलेर काम गर्ने र स्थानीय स्तरमा पनि स्थानीय सरकारसँग र सस्थाहरुसंग समन्वय गर्दै अगाडि बढ्ने
    * एनआरएनको विकाश र पद्धति एउटा कार्यालय स्थापना गरी अभिलेखमा ब्यबस्थापन गर्ने र आबस्यक सामग्रीको जन समक्ष समयमा उपलब्ध गराउने |
    * अमेरिका भरी विभिन्न क्षेत्रमा आबध्दता भएका नेपाली दिदिबहिनीहरुको विचमा समन्वय सहकार्य गर्दै लाने र हेल्प डेस्कको व्यवस्था गर्ने बढी भंदा बढी NRN Membership बन्नको लागी बिशेष कार्यक्रम ल्याउन पहल गर्नेछु |
    * हाम्रा युवा भोलिका शक्ति हुन र लाखौँ युवा नेपालीहरू प्रवासमा रहेता पनि उनीहरूसँग छरिएर रहेको रकमलाई एक ढिक्का बनाएर लगानीको वातावरण बनाउने छु

    नोटः आदरणीय दाजु-भाई दिदी-बहिनीहरु

    * निर्वाचनमा जीत होस् अथवा हार होस् संधै समान व्यवहार र सहयोग म बाट पाइनैरहनु हुनेछ ।
    * मलाई कुनै कुराहरू सिधै दिल खोलेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ
    * जुनसुकै समयमा पनि आबश्यक सरसल्लाहको लागि भेट घाट तथा सम्पर्कमा रहन सकिन्छ

    इन्दिरा त्रिपाठी                                                                                                                                                                                                                       एन आर एन अमेरिका महिला संयोजक पद को उम्मेद्वार

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt