बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेसन

बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेसन

१२ जुलाई, युएई ।’हाम्रो गौरव हाम्रो सान, बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेशन बरदुबईमा सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्ण पाण्डेको सभापतित्वमा तथा स्याङ्जा सहयोग समाजका बरिस्ठ उपाध्यक्ष प्रेम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कायृक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गर्दै समाजले स्थापनादेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए ।

समाज स्याङ्जा जिल्लाको बिर्घा गबिसबाट रोजगारीको सिलसिलामा युएईमा रहने सम्पूर्ण युवाहरू मिलेर २०७० मा स्थापना भएको गाबिस स्तरीय पहिलो संस्था हो ।

स्थापनाको चौथो वर्षसम्म आइपुग्दा संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका मृगौला पीडित, झापाका मृगौला पीडित, बिर्घा विसका दुबै मृगौला पीडित चुरामनी बिक, ब्लड क्यान्सर पीडित शान्ती घिमिरे र आलमदेवी गाविसका पिताम्वर रानालाई गरी एक लाख ३७ हजार ५०० आर्थिक सहयोग गरेको छ ।

यसैगरी बिर्घा गाविसको कालिगण्डकी क्याम्पस भवनका लागि २५ हजार सहयोग गरेको छ । बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी कृष्णगण्डकी गाबिसको धुर्बज्योति माध्यमिक बिद्यालय गरी १२ वटा बिद्यालयमा ११ हजार १११ का दरले एक लाख ३३ हजार ३३२ अक्षयकोष खडा गरेको छ । जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्रदान गरिन्छ ।

यसै संस्थाको पहलमा बिर्घा गाउँ विकास समितिको दुर्गा प्राबिको शैक्षिकस्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्यमा करिब ८२ हजार रुपैयाँ सहयोग गरेको छ ।

भर्खरै मात्र यस संस्थाले आधुनिक शिक्षाका निमित्त बिर्घाका सम्पूर्ण सरकारी संस्था जसमा एक बाल शिशु कक्षा, ८ प्रावि, २ उच्च मा.वि., बिर्घा गाउँ विकास समतिको कार्यालय, बिर्घा प्रहरी चौकी, स्वास्थ्य चौकी बिर्घा, एक मात्र पुस्तकालय मातृभूमि पुस्तकालयमा सेतो पाटी बितरण गरेको छ ।

समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गाविस का ५ वटा मन्दिरमा समेत २० हजार पाँचका दरले एक लाख २५ धनराशिको अक्षयकोष खडा गरेको छ ।

कामको सिलसिलामा युएईमा रहेका सम्पूर्ण बिर्घेली तथा भुपु बिर्घेलीहरुलाई केही समस्याहरु आइपरेको खण्डमा सहयोग गर्ने साथै आफ्नो जन्मभुमिको बिकासका निम्ति सक्दो सहयोग गर्ने उदेश्यले यस संस्थाको स्थापना भएको हो ।

आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना लिएर जाने बताइएको छ ।

अध्यक्षमा खुमानन्द पाण्डे

भेलाले खुमानन्द पाण्डेको अध्यक्ष्यतामा सल्लाहकार सहित २३ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षहरु मनरुपा पाण्डेय, याम बहादुर परियार, लक्ष्मण थापा, सचिवमा कुमार राना, सहसचिवमा नीरबहादुर बिक, कोषाध्यक्षमा टानबहादुर थापा, सहकोषाध्यक्षमा इन्ऽप्रसाद पाण्डेय चयन भएका छन् ।

यस्तैसदस्यमा जीवन पाण्डेय, सन्तोषकुमार पाण्डेय, सन्तराम परियार, तुलबहादुर घर्ती, लक्ष्मी पाण्डेय, हुमनाथ पाण्डेय, बिष्णुप्रसाद पाण्डेय र हरिलाल पाण्डेय रहेका छन् ।

संस्थाको प्रवक्तामा छबिलाल पाण्डेय चयन भएको छन् । सल्लाहकारमा मित्रलाल पाण्डेय, कृष्णकुमार पाण्डेय, रामप्रसाद पाण्डेय र डोलराज पाण्डेय रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार