पुजाको बयानपछि राजकुमारसँगै पक्राउ परेका रणबहादुरको शव पनि भेटियो

दाङ, असार  २८—

तलुसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका अर्का व्यापारी रणबहादुर घर्तिको शव पनि फेला परेको छ ।हत्यामा संलग्न व्यक्तिहरुको बयानका आधारमा उनको शव शल्यानको छत्रदेविमा फेला परेको हो । हिँजो प्रहरीले हत्यामा संलग्न तीन जनालाई सिमाक्षेत्रबाट पक्राउ गरेको थियो ।पक्राउ परेका पुजा घर्ती, टीकाराम घर्ती, मानबहादुर भण्डारी र भुपेन्द्र भण्डारीले श्रेष्ठको हत्या गरेको अघिल्लो दिन नै रणबहादुरको पनि हत्या गरेको बयान दिएका थिए । उनीहरुले दिएको सोही बयानको आधारमा रणबहादुरको शव फेला परेको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार