• नारायणगढको भानु माविमा भानुभक्तको चर्चा

    भरतपुर । आदिकवि भानु माध्यमिक विद्यालय नारायणगढमा चितवनका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको सम्झना गरेका छन् । २०७ औं भानु जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा चितवनका साहित्यकारले भानुले साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा भनुभक्तद्वारा रचित रामायणको पाठसमेत गरिएको थियो । चितवन साहित्य परिषद्, नारायणी कला मन्दिर र आदिकवि भानु माविले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।
    कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदीले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्यलाई एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भानुभक्त बारेमा थप खोज अनुसन्धानहरु हुनुपर्ने बताए । सोही अवसरमा साहित्यकार कपिल अज्ञातले भानुभक्तको योगदानबारे चर्चा गरे । साहित्यकार डीडी शर्माले रामायण पाठ गर्दा हल नै गुञ्जियो । विमोचित कृतिमाथि साहित्यकार केदारनाथ खनालले समीक्षा गरे ।
    कार्यक्रममा विद्यालयले हरेक वर्ष भानु जयन्तीको अवसर पारेर प्रदान गर्ने स्रष्टा सम्मानबाट यो वर्ष वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दन सम्मानित भए । साहित्यकार गणेश श्रवण, सुरेन्द्र अस्तफल, मणिकुमार श्रेष्ठ, रेशमलाल श्रेष्ठलगायतले भानुको सम्झनामा रचना वाचन गरेका थिए । यसैगरी, साहित्यकार तथा पूर्वशिक्षक भुवानीप्रसाद पौडेलद्वारा रचित ‘यात्रानुभूति’ कृतिको विमोचन समेत गरिएको थियो । जीवन र अनभूति (कविता संग्रह), टुल्की शोक काव्यलगायतका कृति प्रकाशन भइसकेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवर, कला मन्दिरका अध्यक्ष उद्धव जोशी, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालगायतले भानुको सम्झना गरे । कार्यक्रम चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt