• उवासंघ चितवनको पूर्व प्रधानमन्त्री प्रचण्ड संग छलफल

    भरतपुर/उद्योग वाणिज्य संघ चितवनले कोमिड १९ को संक्रमण र लकडाउनको कारण उत्पन्न अवस्स्थाले उद्योगी व्यवसायी समस्यामा परेको वताउँदै राहत प्याकेज घोषणाको माग गरेको छ । संघको आयोजनामा पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डसंग भएको छलफलमा व्यवसायीहरुले सो माग गरेका हुन् ।
    कोभिड १९ को कारण उद्योग व्यवसायमा परेको असरका वारेमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको वताउँदै संघका अध्यक्ष राजु श्रेष्ठले बर्तमान विसम परिस्थितिमा उद्योगी व्यवसायीहरुलाई राहतका प्याकेज ल्याउनुपर्ने, मौद्रिक नीति मार्फत उद्यमी व्यवसायीका समस्याहरु सम्बोधन गरिनुपर्ने, बैंक ब्याज मिनाहा गरिनुपर्ने बिषयमा जोड दिनु भयो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहभागित बिना विकास प्राय असम्भव रहेको बताउंदै निजी क्षेत्रलाइ राहतका प्याकेज उपलब्ध गराउनका लागि आफु प्रयत्नसिल रहेको बताउनु भयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रत्येक नकारात्मकता भित्र सकारात्मक पक्ष हुने भएकोले कोरोनाका कारण पक्कै पनि सकारात्मक रुपमा देशको विकासले गति लिने बताउंदै चितवन जिल्लाको विकासमा आफु लागि परेको बताउनु भयो ।
    सोही कार्यक्रममा संघका पूर्व अध्यक्ष डा.तिलचन्द्र भट्टराई, देशीराम प्रधान, मित्रराज दवाडी र राजन गौतमले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । स्वागत एवम् छलफल कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, वागतमती प्रदेशका प्रदेशसभा सदस्य कृष्ण खनाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, संघका पूर्वअध्यक्ष र संघका पदाधिकारीहरुको सहभागिता रहेको संघका कामुु कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt