• चिकित्सक संघ चितवनमा सेढाई

    भरतपुर/चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ चितवन शाखाको नेतृत्व सर्वसम्मतीले चयन भएको छ । नेतृत्वका लागी उम्मेदवारी घोषणा गरेका समूहलाई सहमत गराएर नारायणी सामुदायीक अस्पतालका डा. लोकबहादुर सेँढाइ निर्विरोध अध्यक्ष हुनुभएको छ । उहाँको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । नेतृत्वका लागी प्रजातान्त्रिक प्यानल र प्रगतिशील प्यानल खडा भएका थिए । दुई समूहबीच सहमति गराइएको हो । प्रगतिशील प्यानलबाट पुरानो मेडिकल कलेजका डा. सुरेश पाण्डेको नेतृत्वमा टोली खडा भएको थियो । त्यस्तै अध्यक्षका लागी उम्मेदवार घोषणा गरेका क्यान्सर अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष सहित आठ जना प्रजातन्त्रबादी प्यानल र पाँच जना प्रगतिशिल प्यानलका रहने गरि नयाँ समिति निर्बिरोध निर्वाचित भएको हो ।
    अध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलका दुई जनाको उम्मेदवारी परेपछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको पहलमा आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो । यस संगै दुई पक्षबिच सहमती भएको हो । श्रेष्ठले यस्ता संस्थामा राजनीति गर्न नहुने भन्दै प्रजातन्त्रबादी चिकित्सकका कारण समस्या आउन नदिन आँफुले आचार्य सहितका चिकित्सकलाई सहजिकरण गरिदिन अनुरोध गरेको बताउनुभयो ।
    वरिष्ठ उपाध्यक्षमा प्रगतिशील प्यानलकी डा. भारती देवी शर्मा चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका प्रजातान्त्रीक समूहका बरिष्ठ वालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले सहमतिका लागी आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । प्रजातान्त्रीक समूहका उम्मेदवारहरु उपाध्यक्षमा डा. गुरू शरण साह, सचिवमा डा. सुर्य प्रकाश सापकोटा र कोषाध्यक्षमा डा. मनोज कडेल, सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी चयन हुनुभएको छ । सहकोषाध्यक्षमा प्रगतिशील प्यानलबाट डा. अमित चौधरी निर्विरोध हुनुभएको छ । सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका डा. रोहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, प्रगतिशील प्यानलका डा. पल्लव राज पौडेल, डा. विवेक कंडेल र डा. किरण देवकोटा सदस्य हुनुभएको छ । असार २७ गते हुने भनिएको निर्वाचन सहमतिको वातावरण तय गर्न साउन २ गते शुक्रवारको लागि सारिएको थियो । संघका निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडाले उम्मेदवारी दिएका उम्मेदवारहरुले त्याग गरेका कारण सहमतीमा नेतृत्व चयन भएको बताउनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt