• नारायणी सेन्ट्रलको नयांँ कार्यसमिति गठन

    भरतपुर । लायन्स क्लब अफ नारायणी सेन्ट्रलको नयांँ कार्य समिति गठन भएको छ । लायनबर्ष २०२०/ २१ को २१ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । भरतपुरमा बसेको क्लबको बैठकले अध्यक्ष पदमा कृष्ण लामालाई चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा राम प्रसाद शर्मा, द्धितीय उपाध्यक्षमा अनन्तराज अधिकारी चयन भएका छन । यसैगरी क्लबको सचिवमा लाल बहादुर भण्डारी र कोषाध्यक्षमा समिक तामाङ्ग चयन भएका छन । बांँकी अन्य १६ जना सदस्यमा चयन गरिएको क्लबका संस्थापक अध्यक्ष डासीराम ढकालले जानकारी दिए । विगत १० बर्षअघि स्थापना भएको उक्त क्लबले चितवन र नवलपरासीका विभिन्न क्षेत्रहरुलाई आधार क्षेत्र बनाएर काम गर्दै आएको छ । यस क्लबले स्थापनाकालदेखि अति विपन्न तथा सिमान्तकृत समुदायको शिक्षा ,स्वास्थ्य लगायत बालबालिकाहरु को क्षेत्रमा काम गर्दे आईरहेको ढकालले बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt