• रोटरी र रोट्याक्टको रक्तदान

    भरतपुर। मेडिकल सिटीको रुपमा विकसित चितवनमा देखिएको रगत अभावलाई कम गर्न शनिबार भरतपुरमा रक्तदान कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । जसमध्ये ८६ जना पुरुष र १६ जना महिला रहेका छन ।


    रोटरी क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनु भएको थियो । पौडेलले सुरुमा रगत दिएर कार्यक्रमको सुरुवात गर्नुभएको हो । कार्यक्रममा रोट्याक क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट, रोटरी क्लब अफ नारायणी मिट टाउनका सस्थापक अध्यक्ष, पुर्ब अध्यक्षहरु, रोटरीयनहरु र रत्ननगर रोटरी क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt