• रोटरी क्लवद्धारा मास्क वितरण

    भरतपुर/रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा आइतबार नारायणगढको लाईन्सचोकमा मास्क बितरण कार्यक्रम गरिएको छ । कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको हो । जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा सो कार्यक्रम गरिएको हो ।
    आइतबार भएको कार्यक्रमको संयोजकमा हिरालाल सापकोटा र प्रकाश पौडेल रहनुभएको थियो । कार्यक्रममा उपस्थित रोटरिएन र रोट्याक्टहरुले मास्क नलगाई हिडडुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क बितरण गरेका थिए । मास्क बितरण कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले ७५० थान एन ९५ मास्क सहयोग गर्नुभएको थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनै, रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट लगायत क्लवका सम्पूर्ण रोटरीयनहरु र रोट्याक्टहरुको उपस्थिति रहेको थियो । मास्क बितरण कार्यक्रम साउन ५ गते बिहान ७ बजे हाकिमचोकमा पनि हुनेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt