• लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा वृक्षारोपण

    पोखरा/ लायन्स क्लब अफ पोखरा डल्फिनको स्थापना दिवसमा जयकोट सामुदायिक वन, कार्की डाँडाको फेदीमा विभिन्न १२ प्रजातिका फलफुलको विरुवा रोपिएको छ । कार्यक्रममा प्रमुख आतिथिको रुपमा पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राम बहादुर कार्की, विशेष अतिथि कलस्टर प्रमुख ऋषि गिरी, अतिथिहरु सितलादेवी सामुदायिक मा. वि.का व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, जयकोट सामुदायिक वनका अध्यक्ष शिव बहादुर कार्की र डिष्टिक पिआरओ गोविन्द बहादुर शाही, क्लबका संथापक अध्यक्ष रामबहादुर बल्कोटी र रिजन चेयर पर्सन तिलक तिवारी रहनु भएको थियो । सो कार्यक्रममा बाँकी रहेका फलफुलका विरुवाहरु जयकोट सामुदायिक वनका अध्यक्षलाई हस्तान्तर गरिएको थियो ।
    सोहि कार्यक्रममा गत वर्ष उक्त ठाउँमा लगाइएका वोटविरुवाहरुको गोडमेल पनि गरिएको थियो । वृक्षारोपण कार्यक्रमका संयोजक चित्रबहादुर विकले सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै बेलुका पोखरा पाटी प्यालेस, बास्तोलाथरमा अर्वाड सेरोमनि तथा चार्टर नाइट कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि डिष्टिकका फष्ट भाइस डिष्ट्रिक गभर्नर विशेश्वर आर्चायले क्लबका संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्नु भएको थियो भने क्लबका निवर्तमान अध्यक्ष डाँसीराम सापकोटाले आफ्नो कार्यकालमा उत्कृष्ट हुने लायन साथीहरुलाई सम्मान गर्नु भएको थियो ।
    कार्यक्रममा अतिथिका रुपमा क्लबका गाइडिङ लायन पिडिजि योगेन्द्र प्रधान र डा. गोपीलाल श्रेष्ठ तथा एक्स्टेन्सन चेयर पर्सन अर्जना प्रधान र विन्दु श्रेष्ठ सहित क्लकका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सचिब वीरेन्द्र सिकेले कार्यक्रम संचालन गर्नु भएको थियो । क्लवका प्रथम उपाध्यक्ष पदमलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रम क्लबका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt