मौलाकालिका मन्दिर क्षेत्रमा वृक्षारोपण

भरतपुर/“रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ चितवन चौतारीले शनिबार धार्मिक पर्यटकिय स्थल मौलाकालिका मन्दिर गैडाकोट परिसरमा बृक्षारोपण कार्य सम्पन्न गरेको छ । क्लबले बिभिन्न औषधिय प्रजातीका १६० बिरुवा रोपेको हो । बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं १ का अध्यक्ष हरिप्रसाद सापकोटाले बिरुवा रोपेर मात्र कर्तब्य पुरा नहुने भन्दै ति बिरुवा हुर्काउन पनि उतिकै ध्यान दिन जरुरी भएको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले रहरले बिरुवा रोप्ने तर स्याहार सुसार नगर्ने प्रबित्तिले गर्दा रोपियका बिरुवा हर्कन नसकेको तर्फ लायन्सकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । आज रोपिएका सबै बिरुवाहरु औषधिय गुणका भएकाले यी बिरुवाको अझ महत्व रहेको वहाँको कथन थियो । वहाँले आज रोपियका बिरुवाको संरक्षण हुनेमा आफु आशावादी भएको बताउनुभयो ।
कार्यक्रममा मौलाकालिका सामुदायिक बन उपभोक्ता समिति गैडाकोटका अध्यक्ष काशीराम कंडेल, धार्मिक सेवा समिति मौला कालिकाका अध्यक्ष शालिकराम सापकोटा तथा डिडिआरएफ गैडाकोटका अध्यक्ष प्रकाश सापकोटा लगायतले बृक्षारोपण र यसका महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । लायन्स क्बल अफ चितवन चौतारीको आयोजनामा भएको बृक्षारोपण कार्यलाई डिडिआरएफ गैडाकोट, मौलाकालिका सामुदायिक बन उपभोक्ता समिति गैडाकोटका, धार्मिक सेवा समिति मौलाकालिका मन्दिराले सहयोह पु्¥याएका थिए । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ ले शनिबारै डिष्ट्रिक भरी ११ हजार १ सय ११ बिरुवा रोप्ने कार्यक्रम अन्र्तगत चितवन चौतारीले बृक्षारोपण कार्यक्रम गरेको जनाएको छ ।
आज रक्तचन्दन, कपुर, हर्रो, बर्रो, अमला, दालचिनि, चिराईतो, रुदाक्ष, लप्सी लगायतका बिरुवाहरु रहेको कार्यक्रम संयोजक बिनोद पन्तले जानकारी दिनुभयो । प्रति सदस्यले आठ वटा बिरुवाको सरक्षण गर्ने गरी सदस्यहरुलाई जिम्मा लगाईएको छ । बृक्षारोपण कार्यक्रममा लायन्स कर्मीहरु भक्तीप्रसाद चालिसे, किशोर पौडेल, पूर्णप्रसाद शर्मा, बिनोद पन्त लगायत, लायन्स क्लब अफ चितवन चौतारीका सदस्यहरु, डिडिआरएफ गैडाकोटका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार