• सडक डिभाइडरमा वृक्षरोपण

    भरतपुर/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो । अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा सहभागिता जनाउने भरतपुर महानगरपालिका लायन्सचोकमा आयोजना गरिएको वृक्षरोपणमा भने सहभागी भएन ।
    आफै आयोजक रहेको संस्थाले कार्यक्रममा सहभागिता नजनाउँदा अन्य सहभागीहरु भने दुखि भएका छन् । अन्य ठाउँमा रिबन काट्न र भाषण गर्न पुग्ने महानगरपालिका आफ्नै आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा नआउनु दुखद भएको उनीहरुको भनाइ छ । भरतपुर महानगरपालिकालबाट कोही पनि सहभागी नभएपछि वृक्षरोपण कार्यक्रमको उद्घाटन लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले गरे ।
    गुलमोहरको बिरुवा रोप्दै भट्टले वृक्षरोपणले सौन्दर्यता झल्किनुका साथै वातावरण समेत सफा रहने बताए । लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा गुलमोहर, चमेलीलगायतका फूलका बिरुवाहरु रोपिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले बताए । उक्त डिभाइडरमा लगाइएको फूलका बिरुवाहरुको संरक्षण गर्नका लागि आफ्नो संस्थाले सक्दो भूमिका निर्वाह गरिरहेको चुकेको भनाइ छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt