• भरतपुर ८ का डुवान क्षेत्रको निरिक्षण

    खेमराज ढकाल
    भरतपुर/पछिल्लो समय मुलुकभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसंगै लगातारको अविरल बर्षाका कारण मुलुकका पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुवानको समस्या छ । सोहि क्रममा डुवानमा परेका भरतपुर ८ का विभिन्न स्थानको मंगलबार वडाध्यक्ष दामोदर न्यौपानेको अगुवाईमा स्थलगत निरिक्षण भएको छ ।
    विगत तीनदिन देखि लगातार परेको वर्षाका कारण वडाका विभिन्न स्थान डुवानमा परेका छन् । अबिरल बर्षाका कारण बरुवा, पारसनगरका लगायतका क्षेत्रमा करिव १० बिगाहा क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको छ भने केरुङ्गाघोलको ड्रेन भत्किएका कारण केरुङ्गा लाईनको टोलमा आवतजावत गर्नमा समस्या परेको छ ।
    बर्षाले नहरका कल्भर्टहरुमा समेत क्षति पुगेको वडाध्यक्ष न्यौपानेले जानकारी दिनु भएको छ । स्थलगत निरिक्षणमा वडा सदस्यहरू भगवती गौतम, तिलक दर्लामी, ईन्जिनियर सुरज देवकोटा, पत्रकार लगायतको सहभागीता थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt