उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरी पुरस्कृत

भरतपुर/वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका उत्कृष्ठ काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यलयले एक प्रहरी निरीक्षकसहित ८ जनालाई सम्मानित तथा पुरस्कृत गरेको हो ।
एक बर्ष भित्र चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्सहित प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिङ र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने, प्रहरी जवानहरु रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कार सहित सम्मानित भएका हुन् ।
चितवन एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरणको क्षेत्रमा कोरोना कहर विच उत्कृष्ट कार्य गरेको भन्दै वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमखु प्रहरी उपरिक्षक प्रकाश रानाभाटले एक समारोहका विच उनीहरुलाई सम्मानित र पुरस्कृत गर्नु भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार