व्यवस्थापन समिति गठनको विरोधमा चितवन माविमा ताला, विरोधको तुक छैन– अध्यक्ष भण्डारी


सन्तोष देवकोटा
भरतपुर/चितवनको पुरानो विद्यालयको रुपमा लिईएको चितवन माध्यमिक विद्यालय फेरि यतिवेला विवादमा आएको छ । कहिले जग्गा तथा व्यवसायिक भवनको विवाद त कहिले कर्मचारीको विवादले चर्चामा आउने गरेको उक्त विद्यालय पछिल्लो समय विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवादमा आएको हो । विगत लामो समय देखि जिल्ला स्थित राजनीतिक दलका आपसि समझदारीको आधारमा काँग्रेस निकटका व्यक्तिहरु अध्यक्ष हुँदै आएको उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएसंगै विवाद वाहिर आएको हो । उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको यहि साउन १ गते म्याद सकिएको थियो ।
लकडाउन खुले पनि गोष्ठि, सभा, समारोह गर्न नपाईने सरकारको निर्णय भएको हुँदा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले गत असार ७ गते महानगर भित्रका विद्यालय व्यवस्थापन समितिको म्याद सकिएका विद्यायहरुमा सम्वन्धित वडा अध्यक्षको अध्यक्षतामा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुरुप भरतपुर महानगर भित्र विद्यालय व्यवस्थापन समितिको म्याद सकिएका विद्यालयमा सम्वन्धित वडा अध्यक्षको नेतृत्वमा समितिले सिफारिस गरेको एक महिला र एक पुरुस गरि दुई जना, शिक्षक प्रतिनिधि एक जना, र प्रधानाध्यापक सदस्य सचिव रहने गरि धमाधम समिति गठन भइरहेको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगर पालिकाको सोहि नीति अनुरुप चितवन मावीमा भरतपुर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको नेतृत्वमा समिति गठन भए पछि विवाद देखिएको हो । काँग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ चितवनले पहिलेको राजनीतिक सहमति विपरित विद्यालय व्यवस्थापन समिति गठन गरिएको वताउँदै विरोध स्वरुप विद्यालयमा ताला लगाएको नेविसंघ चितवनकी उपाध्यक्ष विनिता चापागाईले वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मिलन लामिछानेले सामाजिक दुरी कायम गर्दै विद्यालय व्यवस्थापन समितिको वैठक वोलाएर आगामी भदौ १५ गते भित्र नयाँ समिति गठन गर्न माग गर्दा पनि महानगरपालिकाले वेवास्ता गरेको वताउनु भयो । सार्वजनीक सस्थाहरु राजनीतिक समझदारीको आधारमा चल्नु पर्ने वताउँदै लामिछानेले सस्थालाई राजनीतिको सिकार वनाउन नहुने वताउनु भयो ।
नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भरतपुर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले महानगरको निर्णय अनुसार कोरोनाको विषम् परिस्थितीले गर्दा म्याद सकिएका विद्यालयमा विद्यालयको दैनिक काम कारवाहि अगाडी वढाउन सजिलो वनाउने उदेश्यले वढिमा ६ महिनाको लागि अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको वताउनु भयो ।
सोहि नीति अनुसार आफु गत जेठ १५ गते भरतपुर १० स्थित अर्को विद्यालय भरतपुर माविको अध्यक्ष वनिसकेको जानकारी दिँदै उक्त नीति महानगरका सवै विद्यालयमा लागू हुने वताउँदै अध्यक्ष भण्डारीले चितवन माविमा विवाद गर्नुको कुनै तुक नभएको वताउनु भयो । चितवन मावि विद्यालय व्यवस्थापन समितिको सदस्य सिफारिस भइसकेको जानकारी दिँदै अध्यक्ष भण्डारीले समितिले पुर्णता पाएसंगै छिट्टै वैठक वसेर काम अगाडी वढाउने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार