लियो र लायन्स क्लबको रक्तदान

भरतपुर/लियो क्लब अफ भरतपुर युथको आयोजना र लायन्स क्लब अफ भरतपुर युथ संगको सहकार्यमा बिहीवार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन भएको लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जानकारी दिनु भयो ।
कार्यक्रममा लायन्स मल्टिपल डिष्ट्रिक ३२५ विटु नेपालका डिष्ट्रिक डाइरेक्टर दिनानाथ न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा लियो डिष्ट्रिक काउन्सिल ३२५ विटु नेपालका भिडिपि अनीश लामिछाने, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला मन्त्री हरी पौडेल, लायन्स क्लब अफ भरतपुर यूथका अध्यक्ष राजकुमार शर्मालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका र ति मध्ये ३१ जना पुरुष र ४ जना महिला भएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार