• रोटरी करुणालयमा वृक्षारोपण

    भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा पवित्र धार्मिकस्थल देवघाट स्थित रोटरी करुणालयमा शनिबार वृक्षारोपण गरिएको छ । रोटरी क्लव अफ चितवनको संरक्षकत्वमा संचालित उक्त रोटरी करुणालयमा कोभिड १९ को संक्रमणको कारण सिमित सहभागिताबाट रुद्राक्ष, रक्त चन्दन, भोगटे, जामुन, श्रीखण्डलगायतका ३० वटा विरुवा रोपिएको रोटरी क्लव अफ चितवनका पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।
    वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पिया, सचीव रामचन्द्र अधिकारी, पब्लिक इमेज डाइरेक्टर दिनेश कुमार चुके, रोटरी करुणालायका सचीव हरि पन्त, बृक्षारोपण कार्यक्रमका संयोजक ओम गौचन, गोपाल भट्टराई, रोशन खरेल, मनोज बर्णवाल, स्पाउस क्लबका निबर्तमान अध्यक्ष योगिता पियालगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt