लायन्स क्लव पोखरा डल्फिनद्धारा खाद्यन्न वितरण

पोखरा/लायन्स क्लब अफ पोखरा डल्फिनले नेपालमा लायन्स क्लबको स्थापनाको ५० औं बर्ष (स्वर्ण जयन्ती) को अवसरमा आइतबार पोखरा २० हरिहर गुफा सन्यास आश्रममा १८ जना वृद्ध सन्यासी तथा बटुकहरुलाई खाद्यान्न बिरतण गरेको छ । उक्त कार्यक्रममा आश्रममा आवश्यक खाद्यन्न चामल, दाल, तेल, मसला, नुन, विस्कुट, चाउचाउ तथा साबुन जस्ता सामाग्री आश्रमका श्री १०८ स्वामी तुरियानन्द गिरी र उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा कलस्टर प्रमुख ऋषि गिरी प्रमुख अतिथि रहनु भएको थियो भने रिजन चेयर पर्सन तिलक तिवारी विशेष अतिथि रहनु भएको थियो । क्लबका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष पदमलाल श्रेष्ठले स्वागत मतव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव वीरेन्द्र सिकेले गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजक विष्णु बहादुर खत्री रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार