• चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको तयारी पुरा

    २०७७ भाद्र १ गते
    भरतपुर/भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि)मा कोरोनाको पिसिआर परिक्षण गर्नको लागि आवश्यक तयारी पुरा भएको छ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति पाए पछि अस्पतालले भोलि (मंगलबार) बाट परिक्षण थल्ने जानकारी दिँदै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले कोरोनाको पिसिआर परिक्षणको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । देवकोटाले नमूना परीक्षणका लागि छ हजार ५० रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो ।
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको भएको वताउँदै ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने वताउनु भयो । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सात जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै भएको प्रवन्ध निर्देशक न्यौपानेले वताउनु भयो ।
    यस्तो उपकरण नेपालमा अन्यत्र नभएको दावी गर्दै न्यौपानेले यसलाई बिएसएलस्तरको भनिने वताउनु भयो । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेलेलाई यो एक अवसर भएको अस्पतालले जनाएको छ । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने अपेक्षा गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt