• जिल्लाभर लागुहुने गरि निषेधाज्ञा एकसाता लम्वियो

    २०७७ भाद्र ५

    भरतपुर/चितवनमा जारी निषेधाज्ञा लम्विएको छ । माडी नगरपालिका वाहेक अन्य क्षेत्रमा जारी निषेधाज्ञा अव जिल्लाभर लागु हुने गरि एक साथा थपिएको हो । कोरोना संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञा प्रभावकारी बनेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभर लागु हुने गरि एकसाता निषेधाज्ञको समय लम्व्याएको हो ।


    पहिलो चरणमा साउन ३१ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको शुक्रबार सकिदै थियो । पछिल्लो समय चितवनमा झनै संक्रमणको दर बढ्दै गइरहेकोले निषेधाज्ञाको अवधि बढाउनुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्तिमार्फत जनाएको छ । गत साउन ३० गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रमा मात्र सोही राति १२ बजेदेखि लागू हुनेगरि भदौं ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
    संक्रमणको जोखिम जिल्लाको अन्य ठाउँमा पनि बढ्दै गएपछि चितवन प्रशासनले साउन ३२ गते पुनः माडी नगरपालिका बाहेक सबै ठाउँमा लागू हुने गरि भदौं ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । चितवनमा शुक्रबार विहान मात्रै २६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २२ जना चितवनकै हुन् । निषेधाज्ञाको अवधिमै कोरोनाबाट चितवनमा दुई जनाको मृत्यु समेत भइसकेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt