• कुखुरा व्यवसायी मञ्चको ध्यानाकर्षण

    २०७७ भाद्र ६ गते
    भरतपुर÷नेपाल कुखुरा व्यवसायी मञ्चले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका विभिन्न कार्यालय गाभ्ने तयारी भएको वताउँदै सो विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष ऋषिराम पौडेलद्धारा जारी विज्ञप्तिमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका मेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलाई गाभि एकीकृत कार्यालय वनाउन लागेको जानकारी गराउँदै कार्यालय गाभ्न नहुने माग गरिएको छ ।
    कृषि र भेटेरीनरी विधा आफैमा छुट्टाछुट्टै विषय भएको वताउँदै दुवै विधाका जनशक्तिहरुमा फरक फरक योग्यता र अनुभव हुने वताइएको छ । पछिल्लो समय दिनप्रतिदिन वढ्दै गएको पोल्ट्रि क्षेत्रले हालसम्म प्रयाप्त सेवा पाउन नसकेको वताउँदै विज्ञप्तिमा एकीकृत कार्यालयले झनै सेवा दिन नसक्ने मुख्यमन्त्री समक्ष अनुरोध गरेको छ । ७७ वटै जिल्लामा छुट्टाछुट्टै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र हुनुपर्ने नेपाल कुखुरा व्यवसायी मञ्चले माग गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt