• हिन्दुवादी सस्थाहरुले वुझाए ज्ञापनपत्र

    २०७७ भाद्र ७ गते
    भरतपुर/हिन्दु जारगरण नेपाल जिल्ला कार्यमिति चितवनले हालै रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्याको विरोधमा चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाएको छ । हिन्दु जागरण नेपाल चितवनको नेतृत्वमा विभिन्न धार्मिक संघ सस्थाका व्यक्तिहरुले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएको हो । धार्मिक सद्भाव विथोल्ने यस्ता कार्यको विरोध गर्दै ज्ञापनपत्रमा घटनाको कारण र दोषि पत्ता लगाएर कानुन बमोजिम कारवाहिको माग गरिएको छ । हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ ।


    सो घटनाको विरोधमा लक्ष्मि वैकुण्ठनाथ मन्दिरका अध्यक्ष श्री १००८ स्वामी जगन्नाथाचार्य, बैकुष्ठनाथ परम वौद्धिक विद्या प्रतिष्ठानम्का अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हामिक चोकका अध्यक्ष महाप्रसाद सिल्वाल, हरिकिर्तन धार्मिक सस्थाका अध्यक्ष हरिकिर्तन बाबा उमानाथ कँडेल, हरिकीर्तन वैद्धिक धर्मशालाका अध्यक्ष फुलनाथ निउरे, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव सापकोटा, वैद्धिक धर्म परिषद् नेपालका उपाध्यक्ष ध्रुवराज शर्मा, नेपाल स्वयंसेवक संघ वाग्मती प्रदेश अध्यक्ष विश्वनिधि अर्याल, गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज, ब्राह्ण समाज चितवनका अध्यक्ष रुद्रप्रसाद पौडेल, ठकुरी समाज चितवनका अध्यक्ष भेषराज हमाल, शब्द चिन्तन संघका अध्यक्ष बरुण सिग्देल, राष्ट्रिय शक्ति नेपाल केन्द्रिय अभियान्ता अंगुर पन्त, वैष्णव परिषद् चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटा, वैद्धिक धर्म परिषद्का अध्यक्ष सावित्री कँडेल, वैद्धिक युवा परिषद्का अध्यक्ष प्रताप कँडेल, वैष्णव युवा परिषद्का अध्यक्ष वेदप्रसाद आचार्य, विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, वैष्णव महिला परिषद् अध्यक्ष तुलसा निउरे, दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी, वैद्धिक युवा परिषद् चितवनका अध्यक्ष अर्जुन सापकोटा, शब्द चिन्तन युवा संघका अध्यक्ष वरुण अधिकारी, वैद्धिक धर्म महिला परिषद्का अध्यक्ष सीता पण्डितलगायतको ऐक्यवद्धता रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt