मानव अधिकार तथा शान्ति समाजको प्रतिवेदन सार्वजनिक

२०७७ भाद्र ७ गते
भरतपुर/चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण सम्वन्धमा मानव अधिकार तथा शान्ति समाजले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेटगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रिय टोलीले अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आईतबार प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त घटना राष्ट्रिय, अन्र्तरािष्ट्रय कानुनको उल्लंघन र मानव गरिमा विरुद्ध घात र अपराध भएको समाजले ठहर गरेको छ ।
उक्त घटनामा सम्लग्न सैनिक जवानलाई कानुन सम्मत कारवाहि गर्दै सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्र्तराष्ट्रिय महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा जानकारी दिइएको थियो । साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपुर्ति र यातना पीडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु पर्ने समाजले माग गरेको छ ।
अति सिमान्तिकृत चेपाङ्गहरु माथी भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातीको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन जोडदार माग गरेको छ ।
अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरु, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसगँ छलफल गरेको थियो । मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार