• चितवन रोटरी र पुरानो मेडिकल कलेज बिच एम.ओ.यु. संझौता


    भरतपुर/रोटरी क्लव अफ चितवन र भरतपुर स्थित पुरानो मेडिकल कलेजको विचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एम. ओ. यु.) संझौता भएको छ । रोटरी वर्ष २०२०/२०२१ मा स्वास्थ्य संवन्धि विभिन्न काम गर्ने गरि एमओयु संझौता भएको हो ।
    हरेक तिन/तिन महिनामा ओरल हेल्थ क्याम्प र वर्षमा एक पटक वृहत डेण्टल क्याम्प आयोजना गर्ने सहमति भएको एमओयु संझौतामा रोटरी क्लव अफ चितवनको तर्फवाट अध्यक्ष रोशन पिया, ओरल एण्ड डेण्टल हेल्थ चियर राजन पिया तथा पुरानो मेडिकल कलेजको तर्फवाट एडिसनल डाइरेक्टर मनोहर प्रधान, चिफ अपरेटिङ अफिसर सुप्रभात श्रेष्ठको हस्ताक्षर रहेको छ ।


    संझौतामा हेल्थ क्याम्पवाट सिफारिस भएका विरामीहरुको लागि ओपडि टिकटमा ५५ प्रतिशत, प्रोसिडियुर एण्ड ल्याव शुल्कमा ३० प्रतिशत र रेडियोलोजि सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt