चितवन रोटरीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


भरतपुर/रोटरी क्लव अफ चितवनले एक कार्यक्रमका बिच पुरानो मेडिकल कलेजमा कार्यरत इन्ट्रन डाक्टरहरुको लागि कोरोना संक्रमणवाट सुरक्षित रहन सास्थ्य सामाग्री (फेससिल्ड र माक्स) हस्तान्तरण गरेको छ । चितवनमा वढ्दै गएको कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्ने उदेश्यले रोटरी क्लव अफ चितवन, रोट्याक्ट क्लव अफ चितवन र क्रिएटिङ म्यालुले संयुक्त रुपमा फ्रन्टलाईनमा वसेर काम गर्ने डाक्टरहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले पुरानो मेडिकल कलेजका एडिसनल डाइरेक्टर मनोहर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार