• क्याम्पाचौर सफाई अभियान जारी, मिनी स्टेडियमको रुपमा विकास गर्ने तयारी

    सन्तोष देवकोटा
    २०७७ भाद्र १० गते
    भरतपुर/खेलकुद लगायतका विभिन्न कार्यक्रम हुने नारायणगढ वजारको विचमा रहेको क्याम्पाचौर सफाई अभियान जारी छ । कोरोना संक्रमण नियन्त्रण गर्न जारी लकडाउनको कारण वालकुमारी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको क्याम्पाचौर प्रयोग विहीन भएपछि झाडिको रुपमा परिणत भएको थियो । क्याम्पाचौरको अस्तित्व जोगाउनको लागि जोरकुसुम पार्क संरक्षण समिति अन्तरगत सफाई अभियान सुरु गरिएको समितिका सल्लाहकार सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।
    अफु खेलेर हुर्किएको चौर झाडिको रुपमा परिणत भएपछि चिन्ता लागेर स्थानीय साथीहरुको सहयोगमा सफाई अभियान सुरु गरिएको जानकारी दिँदै श्रेष्ठले जोरकुसुम पार्क संरक्षण समितिको सफाई गर्ने मेसिन प्रयोग गरिएको जानकारी दिनुभयो । मेसिन प्रयोगमा लाग्ने इन्धन भने पैसा उठाएर व्यवस्था गरिएको उहाको भनाई थियो । यहि क्याम्पाचौरले कति राष्ट्रिय खेलाडी उत्पादन ग¥यो अहिले उक्त चौर संरक्षणको अभावमा झाडि वन्नु दुर्भाग्य भएको उहाले वताउनु भयो ।


    वालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले संरक्षणको अभावले गर्दा क्याम्पाचौर फोहर फाल्ने ठाउँको रुपमा प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यको अन्त्य गर्न फोहर फाल्नेहरुको पहिचान गरि कारवाहीको दायरामा ल्याइने वताउनु भयो । क्याम्पाचौर जिल्लावासीको साझा सम्पत्ति भएको वताउँदै अध्यक्ष अधिकारीले यसको संरक्षण गर्नु पनि सवैको उत्तिकै दायित्व भएको वताउनु भयो । क्याम्पाचौर व्यवस्थापनको लागि गुरु योजना वन्दै गरेको उहाको भनाई थियो ।
    गुरुयोजना अनुसार क्याम्पाचौरलाई मिनि स्टेडियमको रुपमा विकास गर्ने योजना रहेको वताउँदै उहाले वरिपरि सटरहरु निर्माण गरि भित्र विभिन्न प्रकारका खेल खेल्न मिल्ने गरि संरचना वनाइने वताउनु भयो । मिनि स्टेडियमको रुपमा विकास गरि यसलाई विद्यालयको आयस्रोतको रुपमा अगाडी वढाउने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt