• चितवनमा कोरोना संक्रमितको संख्या ४८७ पुग्यो


    २०७७ भाद्र १२
    भरतपुर । पछिल्लो समय कोरोना संक्रमण तीव्र हुँदै गएको चितवनमा बिहीबार थपिएका १७ जना सहित कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनको १७ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये खैरहनी नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । खैरहनी ३, ५, ८, ९ र १२ नम्बर वडाका ५ जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो । पुरुषहरु ३८ देखि ७५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ६ वर्षीया बालिकादेखि ३६ वर्ष उमेर समूहका छन् ।
    अन्य संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नं. ४, १० र १२ का २३ र ४० वर्षीय २ जना पुरुष र २७ वर्षीया एक महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–८ का ७९ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरि नवलपुरको गैंडाकोट नगरपालिका–८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशालामा बिहीबार कुल ३३४ नमुना परीक्षण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt