• चितवनमा कोरोनाको कारण दुईको मृत्यु


    २०७७ भाद्र १२
    भरतपुर । चितवनमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुष्पाञ्जली हस्पिटलमा ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज (सिएमसी) मा ७१ वर्षिय महिलाको कोरोनाको कारण ज्यान गएको हो । भरतपुर–२ क्षेत्रपुरका ती पुरुष स्वासप्रश्वासमा समस्या आएपछि पुष्पाञ्जलीमा भर्ना भएकोमा ८ गते संक्रमण पुष्टी भएको थियो । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले संक्रमित ती व्यक्तिको शुक्रबार निधन भएको जानकारी दिनुभयो ।


    सिएमसीमा उपचाररत हेटौडा–१९ मकवानपुरका ७१ वर्षीय महिलाको कोरोनाको कारण शुक्रबार विहान ज्यान गएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले श्वासप्रश्वासको समस्य भई जटिल अवस्थामा इरजेन्सी विभागमा उपचारका लागि ७ गते विहान आएका उनि दम र निमोनियाको समेत बिरामी थिइन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt