• संक्रमण वढ्यो, निषेधाज्ञा लम्वियो


    २०७७ भाद्र १२
    भरतपुर/चितवनमा पछिल्लो समय कोरोना संक्रमण वढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै चितवनमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुष छन् ।
    चितवनमा कोरोना संक्रमण वढेसंगै जारी निषेधाज्ञा लम्विएको छ । चितवनका सातवटै स्थानीय तहमा एक साता निषेधाज्ञा थपिएको हो । भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी जरुरी सूचनामा जनाइएको छ । अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न विहान ५ र बेलुका ६ बजेदेखि तीन तीन घण्टा नजिकैको पसलमा पैदल हिडेर मात्र जान पाइनेछ । लामो दुरीका मालबाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शबवाहन, सरकारी, कृषि व्यवसायका लागि प्रयोग हुनेसवारी साधन, खानेपानी, दूध र इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकरका साधन भने आवश्यकताअनुसार चलाउन पाइनेछ ।


    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारीबाहेक अन्य कुनैपनि नीजि तथा सार्वजनिक सवारी चलाउन पाइने छैन । दुइ पांग्रे मोटरसाइकल समेत चलाउन रोक लगाइएको छ । यस्तै आलोपालो प्रणाली बमोजिम बढीमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुने गरी विहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरु चलाउन सकिने छ । पहिलो चरणको निषेधाज्ञा साउन ३० गतेदेखि लागु हुने गरी भरतपुर महानगरमा घोषणा गरिएकोमा साउन ३२ गते रातिदेखि भदौ ५ गतेसम्म माडी बाहेकका ६ वटा स्थानीय तहमा लगाइएको थियो । प्रशासनले भदौ ६ गतेदेखि १२ गते राती १२ बजेसम्म हुने गरी दोस्रो चरणको निषेधाज्ञा ७ वटै स्थानीय तहमा लगाइएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt